© २०२३
काठमाडौँ ।
गृह मन्त्रालयले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाउने निर्णय गरेको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले दोलखा, सिन्धुपाल्चोक, तनहुँ, इलाम लगायत १२ जिल्लामा नयाँ सीडीओ खटाउने निर्णय गरेका हुन् ।
निर्णयअनुसार भोजपुरमा राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना र दोलखामा रामकृष्ण अधिकारी खटाइने भएका छन् ।
यस्तै, सिन्धुपाल्चोकमा शिवलाल तिवारी, इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, नवलपरासी पश्चिममा दीपकराज नेपाल र सल्यानमा महेन्द्र कुमार सापकोटा खटाइएको छ । हालै बढुवा भएका सापकोटासहित ७ जना पदस्थापन भएका हुन्, जसमा ६ जना सहसचिव र १ जना उपसचिव छन् ।
अन्य अधिकारीलाई सरुवा गरिएको छ । कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शशीधर घिमिरेलाई खटाइएको छ । यसअघि उनी नुवाकोटमा प्रमुख जिल्ला अधिकारी थिए ।