Butwal Today

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा रिहा हुने

११ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

प्रभु बैंकका सीईओ अशोक शेरचनलाई हाजिरी जमानीमा रिहा गरिने भएको छ । विशेष सरकारी वकिल कार्यालयले शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो ।

विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले भनिन्, “उहाँलाई अब म्याद थप नगर्ने निर्णय भएको हो । उहाँ हाजिरी जमानीमा रिहा हुनुहुनेछ ।”

अशोक शेरचन मंसिर १४ गते पक्राउ परेका थिए । २७ दिनको हिरासतपछि उनी रिहा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?