© २०२३
काठमाडौँ ।
प्रभु बैंकका सीईओ अशोक शेरचनलाई हाजिरी जमानीमा रिहा गरिने भएको छ । विशेष सरकारी वकिल कार्यालयले शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो ।
विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले भनिन्, “उहाँलाई अब म्याद थप नगर्ने निर्णय भएको हो । उहाँ हाजिरी जमानीमा रिहा हुनुहुनेछ ।”
अशोक शेरचन मंसिर १४ गते पक्राउ परेका थिए । २७ दिनको हिरासतपछि उनी रिहा भएका हुन् ।