Butwal Today

विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा

१० पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, १० पुस ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने स्पष्ट पारेका हुन् । पार्टीले उनलाई झापा–१ बाट सर्वसम्मत रूपमा सिफारिस गरेको थियो ।

तर, उनले आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?