© २०२३
काठमाडौं, १० पुस ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने स्पष्ट पारेका हुन् । पार्टीले उनलाई झापा–१ बाट सर्वसम्मत रूपमा सिफारिस गरेको थियो ।
तर, उनले आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।