© २०२३
काठमाडौँ ।
फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको छ ।
छलफल बालेनका सहयोगी कुमार बेनको ललितपुरस्थित निवासमा चलिरहेको हो ।
भित्र रवि लामिछाने र बालेन शाहबिच छलफल भइरहँदा बाहिर भने जेन–जी अभियन्ता सुदन गुरुङ उपस्थित रहेका छन् । उनले सहमतिका लागि दबाब दिन आफू छलफल स्थलमा आएको बताएका छन् ।
उनले सहमति नभएसम्म आफूले घरको गेटमा ताला लगाइदिएको दाबी गर्दै, रवि लामिछाने र बालेन शाहलाई बाहिर ननिस्कन दिने बताएका छन् । यसै क्रममा उनले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै लेखेका छन्, ‘सम्झौता नहुँदासम्म हामी रवि लामिछाने र बालेन शाहलाई बाहिर जान दिने छैनौँ ।’
भिडियोमा उनले भनेका छन्, ‘जबसम्म दुई जना मिल्नु हुँदैन, तबसम्म यो गेट खोलिँदैन । हामीले गेटमा ताला लगाएका छौँ । हामी यहाँ गार्ड छौँ । यहाँबाट कोही पनि भित्र छिर्दैन र कोही पनि बाहिर निस्कँदैन । कुरा नमिलेसम्म यत्तिकै हो ।’