Butwal Today

रवि लामिछाने र बालेन शाहबिच फेरि भेटवार्ता हुने

१० पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच फेरि भेटवार्ता हुने भएको छ । बिहीबार ललितपुरमा मेयर शाह नजिकका कुमार बेनको घरमा छलफल भएको थियो ।

रास्वपाका नेता राजीव खत्रीका अनुसार उनीहरूबीच आजै साँझसम्म फेरि भेटवार्ता हुने छ । आजको छलफलपछि बाहिरिँदै लामिछानेले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप उनीहरूबीच वार्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?