Butwal Today

प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा

१० पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, १० पुस ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीमै चुनाव लड्ने घोषणा गरेका छन् ।

बिहीबार धुम्बाराहीमा आयोजित पत्रकारहरूसँग भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । पौडेलले भने, “१४औँ महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ । त्यसमा विजयी हासिल गर्न सकिँन ।

महामन्त्री नै लडिसकेको कारणले अब महामन्त्रीभन्दा तल जाने कुरा भएन । महामन्त्रीभन्दा माथि मेरो परिस्थिति बनेको पनि छैन । त्यसो भएको हुनाले मेरो सोच महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने रहेको छ ।”

कांग्रेस भित्रबाट समेत आफूलाई यही सुझाव प्राप्त भएको उनले बताए । उनले थपे, “साथीहरूले धेरैले पनि महामन्त्रीमै गर्नुस् भन्नुभएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?