Butwal Today

मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे

१० पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौं ।

जेनजी अगुवा रक्षा बमको नेतृत्वमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी आन्दोलनका अगुवाहरूसँग छलफल गरेका छन् ।ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेन को घरमा केहीबेरअघिमात्रै बालेनले कुराकानी गरेका हुन् ।

मेयर शाहले निरन्तर राजनीतिक संवाद गर्दै आएका छन् । आजै मात्र उनले रास्वपा सभापति रवि लामिछाने लगायत अन्य दलका नेता एवं निवर्तमान सांसदसँग छलफल गरेका छन् ।

बालेनलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?