Butwal Today

रवि–बालेनको छलफलमा अमरेश कुमार सिंह पनि सहभागी

१० पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच भइरहेको छलफलमा निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि सहभागी भएका छन् ।

बिहीबार ललितपुरमा रवि लामिछाने र बालेन शाहबिच छलफल चलिरहँदा अमरेश सिंह पनि त्यहाँ पुगेका हुन् । आगामी निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा ल्याउने प्रयासस्वरूप यो वार्ता भइरहेको बताइएको छ ।

नयाँ शक्तिहरूलाई एकजुट हुन दबाब दिन जेन–जी अभियन्ता सुदन गुरुङ पनि छलफल स्थलमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?