Butwal Today

यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन्

९ पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेसका २४ सांसदले हस्ताक्षर गरेका छैनन् । प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्ने माग गर्दै ६५ सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

मंसिर २३ गते विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ सांसदले पुनर्स्थापना माग्दै रिट दायर गरेका थिए । त्यसै रिटमा मंगलबार थप ५७ सांसदले पूरक रिट दर्ता गरेका हुन् । रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ बुधबार सकिएको छ ।

पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने सांसदहरूमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, साथै इतर समूहका नेता डा. शेखर कोइराला रहेका छन् ।

हस्ताक्षर नगर्ने २४ सांसद (नामावलीसहित)

१. अर्जुन नरसिंह के.सी.
२. डा. आरजु राणा
३. उदय शमशेर राणा
४. कुसुमदेवी थापा
५. गगन कुमार थापा
६. दिक्पाल कुमार शाही
७. धनराज गुरुङ
८. पूर्ण बहादुर खड्का
९. प्रतिमा गौतम
१०. प्रदीप पौडेल
११. मुक्ता कुमारी यादव
१२. मैना कार्की
१३. मोहन बहादुर बस्नेत
१४. योगेश गौचन थकाली
१५. लिलादेवी वोखिम (लिम्बू)
१६. विमलेन्द्र निधि
१७. विश्वप्रकाश शर्मा
१८. डा. शेखर कोइराला
१९. शेरबहादुर देउवा
२०. सपना राजभण्डारी
२१. सिता मिजार
२२. सुरेन्द्र राज आचार्य
२३. संजय कुमार गौतम
२४. हृदयराम थानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?