Butwal Today

राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन

८ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली कांग्रेस पार्टी कार्यालय पुगेको छ ।

कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति कांग्रेस पार्टी कार्यालय पुगेको हो । सरकारी टोली सम्वाद र कार्यालय अनुगमनका लागि सुरुमा कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेको हो भने यसपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत दलका कार्यालय पनि पुग्ने छ ।

कांग्रेस पार्टी कार्यालयमा सरकारी टोलीले आसन्न निर्वाचनको वातावरण बनाउने विषयमा नेताहरूसँग छलफल गर्ने र जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन पनि गरेको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदरबार, संसद् भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?