© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा मा बुधबार दिउँसो १ बजे बस्नेछ । पार्टीका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।