© २०२३
कपिलवस्तु, ८ पुस ।
बुद्धस्थल तिलौराकोटदेखि काठमाडौ सम्म सुविधा सम्पन्न एसी बस सेवा सञ्चालनमा आएको छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिद्वारा सञ्चालित मालिका टुर्बो जेटले सो सेवा सुरु गरेको हो । राजा शुद्धोधनको राजप्रसाद तथा सिद्धार्थ गौतमले आफ्नो बाल्यकाल र युवा अवस्थाको २९ बर्ष बिताएको राजप्रसादस्थल तिलौराकोटबाट तौलिहवाको भिक्षु चौक, जगदिशपुर, कोपवा, चार नम्बर, बुटवल हुँदै काठमाडौं सम्म सेवा सुरु गरेको हो ।
मालिका टुर्बो जेटका तीनवटा एसी बसले दैनिक तौलिहवा–काठमाडौं र काठमाडौ–तौलिहवा रुटमा सञ्चालनमा रहेर यात्रुलाई सेवा दिने छन् । ४ वटा सिल्पर सिट सहित आरामदायी सोफा सिट रहेको ४५ सिट क्षमता भएको बसको सेवा पहिलो पटक सञ्चालन ल्याइएको मालिका टुर्बो जेटका सञ्चालक दिपक ज्ञवालीले बताए ।
तौलिहवाबाट हरेक दिन काठमाडौका लागि छुट्ने र काठमाडौबाट तौलिहवाका लागि छुट्ने बसमा यात्रा गर्ने यात्रीहरुका लागि अनलाइन टिकट बुकिङ्गको सेवा समेत उपलब्ध गराइएको छ ।
अनलाइन बुकिङ्गका लागि मालिका टुर्बो जेट भिक्षुचोक तौलिहवामा गएर अनलाइन बुकिङ्ग सेवा लिन सकिने जनाइएको छ । कपिलवस्तु जिल्लामा बुद्धस्थल तिलौराकोटलाई प्राथमिकता दिएर पहिलो पटक एसी बसको सेवा सञ्चालन गरिएकाले तिलौराकोट सहितका पुरातात्विक र पर्यटकियस्थलमा आउने पर्यटकलाई समेत सहजता हुने सञ्चालक ज्ञवालीले स्पष्ट पारे ।
“यात्रुका लागि आरामदायी यात्राका लागि सुविधा सम्पन्न सेवा प्रवाहसँगै पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले सो सेवा सुरु गरेका हौं”–उनले भने ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले कपिलवस्तुको सदरमुकाम तौलिहवा हुँदाहुँदै पनि सिद्धार्थ गौतमले आफ्नो बाल्यकाल र युवा अवस्थाको २९ बर्ष बिताएको तिलौराकोटबाट बस सेवा सुरु गर्न पाउनु खुसीको कुरा भएको बताए । “यो ठाउँलाई जोड्नुको उदेश्य यहाँको पर्यटन प्रवद्र्धन गर्नु पनि हो, तथीस्थलको प्रचारप्रसारसँगै धार्मिक हिसावले पनि एसी बस सेवा सञ्चालनले यो ठाउँलाई पुण्य हुने हिसावले प्रालिले लगानीकर्तालाई बस सेवा सञ्चालनका लागि अनुरोध गरेको हो”–उनले भने ।