Butwal Today

गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन

७ पुष २०८२, सोमबार
अ+
अ-

गुल्मी,  ७ पुस  । 

गुल्मीमा एक हप्ताको समय अवधिमा १८१ जनाले राहदानी बनाउँदा  नौ लाख बढी राजस्व सङ्कलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म  १८१ जनाले राहदानीका बनाउँदा नौ लाख ६५ हजार  रुपियाँ राजस्व सङ्कलन भएको हो ।

यस्तै एक हप्ताको समय अवधिमा  जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता २८८, प्रतिलिपि १०३, नावलक परिचयपत्र ११ , राहदानीको आवेदन सङ्कलन १८१, राहदानी वितरण १९०, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ५७१, राष्ट्रिय परिचयपत्र वितरण ३७९, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित २५ भएको छ ।

यस्तै ११ वटा संस्था दर्ता तथा नवीकरणबाट आठ हजार छ सय, राष्ट्रिय परिचयपत्रबाट १३ हजार  गरी कुल नौ लाख ८८ हजार  छ सय रुपियाँ राजस्व सङ्कलन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?