© २०२३
गुल्मी, ७ पुस ।
गुल्मीमा एक हप्ताको समय अवधिमा १८१ जनाले राहदानी बनाउँदा नौ लाख बढी राजस्व सङ्कलन भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म १८१ जनाले राहदानीका बनाउँदा नौ लाख ६५ हजार रुपियाँ राजस्व सङ्कलन भएको हो ।
यस्तै एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता २८८, प्रतिलिपि १०३, नावलक परिचयपत्र ११ , राहदानीको आवेदन सङ्कलन १८१, राहदानी वितरण १९०, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ५७१, राष्ट्रिय परिचयपत्र वितरण ३७९, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित २५ भएको छ ।
यस्तै ११ वटा संस्था दर्ता तथा नवीकरणबाट आठ हजार छ सय, राष्ट्रिय परिचयपत्रबाट १३ हजार गरी कुल नौ लाख ८८ हजार छ सय रुपियाँ राजस्व सङ्कलन भएको हो ।