© २०२३
काठमाडौं, ७ पुस ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली महासचिव शंकर पोखरेललाई समेत लिएर महाराजगञ्ज पुगेका थिए । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि उपस्थित थिइन् ।
कांग्रेस सभापति देउवालाई भेट्न एमाले अध्यक्ष ओली महाराजगञ्ज पुगेका हुन् । यसअघि मंसिर १० गते ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए ।
देउवा–ओली भेटपछि कांग्रेसका आठ पूर्वसांसदको वारेसमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट दायर भएको थियो । एमाले भने त्यसअघि नै रिट लिएर सर्वोच्च अदालत पुगेको थियो ।
भदौको जेनजी आन्दोलनपछि देउवा–ओली दोस्रोपटक भेट भएका हुन् ।