Butwal Today

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर

७ पुष २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् । उनीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसका सांसदहरूले हस्ताक्षर गरिरहेको स्थानमा पुगेर हस्ताक्षर गरेका हुन् ।

कांग्रेस संसदीय दल स्रोतका अनुसार हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल रहेका छन् ।

यससँगै पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गर्ने सांसदको संख्या १४३ पुगेको छ । यसमा एमालेका ७५, कांग्रेसका ६५ र यी तीन दलका अन्य सांसद समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?