ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय

७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

नेपालमा गर्मी शुरु हुने वित्तिकै देशभरिका वनमा कतै न कतै डढेलो लागेको देखिन्छ ।

केही दशकअघिसम्म धेरै डढेलो तराई र चुरेमा लाग्ने गरेकोमा अहिले यो उकालिदै उच्च महाभारत र हिमाली लेकसम्म पुगेको छ । सामुदायिक वनदेखि संरक्षित क्षेत्रसम्म यसको फैलावट छ ।

सन् २०२५ जनवरी देखि हालसम्म नेपालका दुई हजार २२५ वटा स्थानमा डढेलो लागेको डढेलो पहिचान तथा अनुगमन प्रणालीको रेकर्डले देखाउँछ । नेपालमा वन क्षयीकरणको मुख्य कारण डढेलो बनिरहेको छ भने यसले जलाधार क्षेत्रको विनास, जैविक विविधता ह्रास, प्रदुषण र वस्तीमा आगलागी जस्ता समस्याहरू समेत बढाईरहेको देखिन्छ । नेपालमा बर्षेनी डढेलो नियन्त्रणको लागि भन्दै करोडौं खर्च गर्ने गरिएको छ ।

तर, नेपालमा धेरै ठाउँमा डढेलोले वन खाएर सक्ने बेलामा मात्र डढेलो रोकथाम सम्बन्धि कार्यक्रमहरू हुने गरेका छन् । आगो लागेपछि कुवा खन्ने तरखर गर्ने प्रवृतिले गर्दा डढेलो व्यवस्थापनको नाममा राज्यले ठुलो खर्च गर्दापनि वन जंगललाई खरानी हुनबाट जोगाउन नसकिएको तितो यथार्थ धेरैले देख्नु परेको छ ।

तराई र चुरेमा गर्मि शुरु भएपछि डढेलो लाग्ने गरेको भएपनि पछिल्ला केही वर्षहरूमा हिउँदको समयमा नै उच्च पहाडी र हिमाली भेगमा डढेलो लाग्ने गरेको छ । जलवायु परिवर्तन र विस्वब्यापी उष्णीकरणको प्रभाव, लामो समयसम्म वर्षा र हिमपात नहुनु तथा उच्च पहाडी र हिमाली क्षेत्रका संरक्षित क्षेत्रमा ज्वलनशील वन पैदावार लामो समयदेखि थुप्रिएको कारण हिउँदको समयमा समेत डढेलो लाग्ने गरेको देखिन्छ ।

डढेलोको समस्या हिँउददेखि नै शुरु हुने भएपनि सरकारी निकाय र समुदायले हिउँद काटेपछि मात्र डढेलो सम्बन्धि कार्यक्रमहरू शुरु गर्ने गर्दछन । नीतिगत ढिलासुस्ती, बजेट निकासामा ढिलाईले मात्र हैन कम बजेटले धेरै काम गर्नुपर्ने भएकोले डढेलोको मुख्य समस्या देखिएपछि मात्र काम गर्ने भनेर पर्खेर बस्ने मूर्खताले गर्दा डढेलो व्यवस्थापनका कामहरू ढिलो शुरु हुने गरेका छन ।

डढेलो लागेपछि सारा शक्ति लगाएर निभाउन कस्सिने तर डढेलो लाग्नु अघि नै पूर्व तयारी गरेर डढेलो लाग्ने अवस्था नै आउन नदिने काममा सरोकारवाला निकायहरू चुकेकोले डढेलो नियन्त्रणका कामहरू प्रभावकारी हुन नसकेका हुन । डढेलो लागिसकेपछि त्यसलाई नियन्त्रण गर्न कठिन हुने र नियन्त्रणमा आउँदासम्म ठूलो क्षति भैसक्ने हुनाले डढेलो लाग्नुअघि नै रोकथामका पुर्व तयारी गर्नु राम्रो हुन्छ । सामान्यतया डढेलो विरुद्धको पूर्व तयारी अन्तर्गत निम्न कामहरू गर्नुपर्ने हुन्छ ।

१. सचेतना कार्यक्रम
धेरै मानिसहरूलाई वन डढेलोको असरको बारेमा कम जानकारी छ । यस्ता मानिसले वन डढेलोलाई अवसरको रूपमा लिइरहेका हुन्छन् । डढेलो लागेको ठाउँमा नयाँ घाँस राम्ररी उम्रने र च्याउ तथा जडिबुटि उत्पादन राम्रो हुने विस्वासमा मानिसहरूले जानीजानी जंगलमा डढेलो लगाउने गर्दछन् ।

कतिपय मानिसहरूले खेतवारिका झारपात हटाऊन्, खरवारी सफा गर्न र वन अतिक्रमण गर्न लगाएको आगो अनियन्त्रित भएर ठुलो डढेलोको रूप लिने गरेको पाईन्छ । धुम्रपानकर्ताले चुरोट बिँडीको ठूटो ननिभाई खरवारी वा वनमा फाल्दा र वनभोज खाएको आगो ननिभाई छोड्दा त्यो आगो घाँस दाउरामा सल्किएर डढेलोको रूप लिने गरेको छ ।

डढेलो सम्बन्धि जनचेतना जगाउन सकेमा यस्ता गतिविधिमा कमि ल्याउन सकिन्छ । सचेतनाको लागि स्थानीय समुदायलाई परिचालन गर्ने गरि स्थानीय एफएम रेडियो मा संदेश प्रसारण, माइकिङ गर्ने, स्कूल र क्याम्पसमा सचेतना कार्यक्रम संचालन गर्ने, तथा बस्तीमा गन्धर्व गायन मार्फत सचेतनामूलक संदेश फैलाउने काम गर्न सकिन्छ । वन नजिकका वस्तीका वासिन्दाहरूलाई लक्षित गरेर डढेलो रोकथामको कृत्रिम अभ्यास समेत गराउदा भविस्यमा डढेलो लाग्दा समुदाय आफै परिचालित भएर वन जोगाउने र आफु जोगिने काम गर्न सक्छ ।

२.प्रज्वलनशील पदार्थको व्यवस्थापन
वन डढेलो फैलाउनमा वनमा भएका सुकेका पात पतिङ्गरको मुख्य भूमिका हुन्छ । पशुपालनमा आएको कमी, वनमा गरिने थिनिङ कार्य, मिचाहा वनस्पतिको फैलावट जस्ता कारण वनमा डढेलो वृद्धि गराउने वन पैदावार थुप्रिएको छ ।

अहिले नेपालका नगर र नगरोन्मुख वस्ती छेउछाउका जंगलहरू अघोषित डम्पिङ साइट बनिरहेका छन् । जंगलमा फ्याँकिएका फोहरमैलामा प्लास्टिकजन्य पदार्थहरू, कागज, कपडा जस्ता बस्तुहरू लगायत उच्च प्रज्वलनशील पदार्थहरू समेत हुन्छन् । यस्ता पदार्थहरूमा आगोको झिल्का पर्नासाथ बल्ने र स्वप्रज्वलित समेत हुन्छन् ।

जंगलमा जति बढी फोहरमैला फैलिएको हुन्छ, त्यति नै डढेलो बढ्दै जान्छ र फोहरमैलामा सल्किएको आगो लामो समयसम्म ननिभ्ने भएकोले वन डढेलो दोहोरिने खतरा धेरै हुन्छ । नगर क्षेत्र, राजमार्ग क्षेत्र र वनमा बनाईएका पार्क÷ मनोरञ्जन स्थल नजिकका यस्ता वनमा यस्ता समस्याहरू धेरै देखिन्छन् ।

यस्ता पदार्थहरूले डढेलोलाई बढाउन तथा फैलाउन भूमिका खेलेका हुन्छन । वनमा फ्याँकिएका यस्ता प्रज्वलनशील वस्तुहरूलाई हटाउन नसके डढेलोको फैलावट कम गर्न सकिदैन । वन क्षेत्रमा रहेको प्रज्वलनशिल पदार्थहरूलाई वन कार्यालय, समुदाय, आर्मी, प्रशासन तथा नेपाल प्रहरीको सहयोग र समन्वयमा हटाउन कार्यहरू गरेर डढेलोको उत्पत्ति र फैलावट रोक्न सकिन्छ ।

३.झाडी सरसफाई र फायरलाईन निर्माण
खासगरी पहाडी क्षेत्रमा झाडी बढेर वस्ती नजिकै आईपुगेको छ । यस्तो अवस्थामा वस्तीमा हुने आगो सजिलै वनमा पुग्ने र वनको डढेलो सजिलै वस्तीमा पुगेको क्षति गर्ने अवस्था छ । हिउँदमा गाउँघरमा खेतीपातीको काम कम हुने भएकोले गाउँलेहरूलाई परिचालन गरेर झाडी सरसफाई गराउनुपर्छ ।

पालिका र वन कार्यालयले सहयोग गरेर झाडी सफाई, पतिङ्गर संकलन जस्ता कामहरू गरेर बायो ब्रिकेट बनाउने, कम्पोष्ट मल बनाउने जस्ता काममा समुदायलाई सहयोग गर्नुपर्छ । गर्मी नलाग्दै वनमा फायरलाईन बनाउने, नियन्त्रित आगो लगाएर भावी डढेलो विच्छेद गर्ने तयारि गर्ने जस्ता कामहरू हिउंदमा नै गर्नुपर्छ ।

४. पानीका श्रोतहरूको संरक्षण
वन क्षेत्र भित्र र वनको वरिपरी पानीका श्रोतहरू भएमा हरियाली हुन्छ र डढेलोको फैलावट रोक्न मद्दत पुग्छ । त्यसैले वनमा रहेका खोल्साखोल्सी र पोखरीहरूको नियमित सरसफाई गरे पानी जम्मा हुने व्यवस्था मिलाउनु पर्छ । वनको नजिक पानी उपलब्ध भएमा आगलागी र डढेलो भैहालेमा निभाउन सजिलो हुन्छ ।

५.समन्वय
डढेलो वनमा लाग्ने भएपनि यो बहुपक्षीय सरोकारको समस्या हो । डढेलो लागिसकेपछि धेरै क्षेत्रमा असर पुग्ने र कुनै एक पक्षले मात्र त्यसको नियन्त्रण गर्न नसक्ने भएकोले डढेलो रोकथाम र नियन्त्रणको लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा समुदायबीच समन्वय गर्ने, डढेलो लाग्नासाथ नियन्त्रणका लागि खटाइने संयन्त्र तयारी अवस्थामा राख्ने, पालिका र जिल्लामा वन डढेलो फोकल पर्सन तोक्ने त्यसको जानकारी समुदायलाई दिने जस्ता काम स्थानीय सरकार र जिल्ला स्थित डिभिजन÷सब डिभिजन वन कार्यालयहरूले गर्नुपर्छ ।

वन डढेलो लाग्न नदिने पूर्व तयारी अहिलेदेखि नै गर्दै जाने हो भने डढेलोको क्षति अवश्यपनि कम गर्न सकिन्छ । डढेलो लागेपछि निभाउँदासम्म ठूलो क्षति भैसक्ने भएकोले सकेसम्म डढेलो लाग्नै नदिने अवस्था निर्माण गर्ने काममा सबै सरोकारवाला जुट्नुपर्छ । पुर्व तयारि गर्दागर्दै पनि वनमा डढेलो लाग्छ, त्यसबेला यसलाई सम्पूर्ण मानव समुदायको साझा समस्या हो भन्ने कुरा मनन गरि सबै मानिसहरू आपसमा सम्बाद, समन्वय र सहकार्य गरेर नियन्त्रणमा खटिनैपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?