Butwal Today

उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ

७ पुष २०८२, सोमबार
अ+
अ-
लमही ,७ पुस ।
नेपाल संस्कृत विश्वविद्यालय  उपकुलपति प्रा. डा. श्री धनेश्वर नेपालको निवासमा गई ५–६ जनाको समूहले उनलाई कालो मोसो छर्केर दुर्व्यवहार गरेको घटनाप्रति नागरिक समाज दाङले कडा निन्दा गरेको छ ।
नेपालको संविधानले जनताको मौलिक हकको प्रत्याभूति गर्दै नागरिकको कर्तव्यका बारेमा स्पष्ट मार्ग निर्देश गरेको छ । आफ्नो हक अधिकार प्रयोग गर्दा अर्काको हक अधिकार, मर्यादा, मान सम्मानमा आँच आउने कुनै पनि कार्य गर्नु गराउनु हुँदैन भन्ने संविधानको मर्म र मान्यता हो ।
२०८२ पौष ६ गते नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. श्री धनेश्वर नेपालको निवासमा गई ५–६ जनाको समूहले उनलाई कालो मोसो छर्केर दुर्व्यवहार गरेका थिए । सोही  घटनाप्रति नागरिक समाज दाङको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय जस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत संस्कार संस्कृति संरक्षण गर्दै सुसंस्कृत, भद्र, शालीन, सभ्य व्यवहार सिर्जना गर्न सन्देश प्रवाह गर्ने गौरवमय इतिहास बोकेको शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा यस्तो अमर्यादित, अमानवीय, अशोभनीय, अभद्र व्यवहार हुनु खेदपूर्ण दुःखद घटना हो ।
यस्तो अभद्र व्यवहार गरिएको घटना घटाउनु भनेको  इतिहासमा कलङ्कित हुनु हो।यसले गर्दा  भावी सन्ततिको नजरमा समेत नकारात्मक प्रभाव पर्न जाने  हुँदा आउँदा दिनमा  यस्तो घटना नदोहोर्‍याउन नागरिक समाज दाङ सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ संयोजक निम बहादुर  थापाले भने ।
साथै यस्तो उच्छृङ्खल व्यवहार गर्ने जोकोही भए पनि सम्बन्धित निकायले अध्ययन गरी आवश्यक कारबाही गर्न अपिल गर्दछौँ ।
नागरिक समाज दाङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?