© २०२३
काठमाडौं, ६ पुस ।
रास्वपा सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ । काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा उनलाई स्वागत गर्न कार्यकर्ता र शुभेच्छुकहरू पुगेका छन् ।
उनलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत गरिएको हो । भैरहवा कारागारबाट छुटेर लामिछाने हिजोमात्रै काठमाडौं आएका थिए । रास्वपाका अनुसार आज पार्टी कार्यालयमै उनलाई स्वागत गरिएको हो र स्वागत लगत्तै केन्द्रीय समिति बैठक पनि बस्नेछ ।