ट्रेंडिंग:

>> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला

जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा

६ पुष २०८२, आइतबार
६ पुष २०८२, आइतबार

बुटवल, ६ पुस ।

कानुनले स्पष्ट व्यवस्था गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमबाट इस्मा गाउँपालिका पछिल्ला तीन वर्षदेखि लगातार पन्छिँदै आएको पाइएको छ। स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक चौमासिकमा सेवा प्रवाह, विकास गतिविधि र बजेट खर्चबारे सार्वजनिक सुनुवाइ गरी जनताको गुनासो सुन्नु अनिवार्य भए पनि इस्मा गाउँपालिकाले यो दायित्व बेवास्ता गर्दै आएको हो।

गाउँपालिकाले सार्वजनिक सुनुवाइ नगरी जनतासँग प्रत्यक्ष संवादबाट टाढा रहँदै आएको भन्दै स्थानीयवासी असन्तुष्ट देखिएका छन्। इस्मा गाउँपालिका–५ का स्थानीय नवीन अर्यालले जनताका गुनासो सुन्नबाट भाग्नु स्थानीय सरकारको जिम्मेवारी विपरीत भएको बताउँछन्।
“सेवा प्रवाहमा भएका कमजोरी सच्याउने र जनताबाट आएका गुनासो समाधान गर्ने दायित्वबाट भाग्नु उपयुक्त होइन,” उनले भने, “सार्वजनिक सुनुवाइले पालिकालाई पृष्ठपोषण मिल्छ, त्यसबाट डराएर भाग्नु होइन, सामना गर्नुपर्छ।”

सार्वजनिक सुनुवाइ गर्नका लागि प्रत्येक वर्ष बजेट विनियोजन गरिए पनि कार्यक्रम भने सञ्चालन नभएको पाइएको छ। गाउँपालिकाका सूचना अधिकारी नारायण महतका अनुसार चालु आर्थिक वर्षका लागि सार्वजनिक सुनुवाइ शीर्षकमा तीन लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

“बजेट विनियोजन त भएको छ, तर अहिलेसम्म सार्वजनिक सुनुवाइ कार्यक्रम भने हुन सकेको छैन,” उनले बताए। प्रत्येक चौमासिकमा सुनुवाइ गर्ने भनिए पनि हालसम्म कुनै तयारी नदेखिएको उनको भनाइ छ।

गुल्मी जिल्लामा दुई नगरपालिकासहित १२ स्थानीय तह रहेका छन्। तीमध्ये अधिकांश स्थानीय तहले नियमित रूपमा सार्वजनिक सुनुवाइ गर्दै आएका छन्। तर इस्मा गाउँपालिका भने जनताको गुनासो सुन्नबाट टाढिँदै आएको एक मात्र स्थानीय तहका रूपमा देखिएको छ।

इस्मा गाउँपालिकाको अघिल्लो कार्यकालमा लक्ष्मण बिष्टको नेतृत्वमा पाँच वर्षे अवधिमा जम्मा दुई पटक मात्र सार्वजनिक सुनुवाइ भएको थियो। त्यतिबेला हालका अध्यक्ष भगतसिंह खड्काले गाउँपालिकामा मनपरी, भ्रष्टाचार र अपारदर्शिता भएको भन्दै विरोध, प्रदर्शन र तालाबन्दीसमेतको नेतृत्व गरेका थिए।

तर अहिले स्वयं अध्यक्षको जिम्मेवारीमा रहेका खड्काकै कार्यकालमा सार्वजनिक सुनुवाइ नहुनु विडम्बनापूर्ण भएको स्थानीयहरूको भनाइ छ। “सत्तामा आउँदा सबै कुरा बिर्सेर जनताबाट भाग्नु मिल्दैन,” स्थानीयवासीहरू भन्छन्।

यस विषयमा इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्कासँग प्रतिक्रिया लिन पटक–पटक टेलिफोन सम्पर्क गर्न खोज्दा फोन नउठेकाले उनको आधिकारिक धारणा प्राप्त हुन सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?