Butwal Today

एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने

४ पुष २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं, ४ पुस ।

नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहने केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार, केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहने सल्लाहकार परिषद् गठन गरिने छ ।

बैठकमा अहिले अन्य निर्णयहरू निर्णयार्थ पेश हुँदैछन् । साथै, एमालेले आगामी पुस २७–२९ गतेसम्म दोश्रो केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?