Butwal Today

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने

४ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, ४ पुस

नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोश्रो बैठक आगामी पुस २७ देखि २९ गतेसम्म बस्ने भएको छ । काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे प्रस्ताव पेश गरेका छन् ।

उनले बैठक हलमा केन्द्रीय कमिटीको दोश्रो बैठक पुस २७, २८ र २९ मा काठमाडौंमा आयोजना गर्ने प्रस्ताव राखेका हुन् । आज बसेको बैठक केन्द्रीय कमिटीको पहिलो बैठक हो भने उक्त प्रस्ताव हाल निर्णयार्थ पेश भइरहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?