Butwal Today
अपडेट

चितवन पुगे रवि लामिछाने

४ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, ४ पुस ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवनको भरतपुर पुगेका छन् । रिहाइको प्रक्रिया पूरा गर्न रुपन्देही जान लागेका लामिछाने प्रतिकूल मौसमका कारण सिधै उडान हुन नसकेपछि विमानमार्फत भरतपुर गएका हुन् ।

लामिछाने भरतपुरबाट स्थलगत मार्ग हुँदै केहीबेरअघि गाडीमा रुपन्देही प्रस्थान गरेका छन् । बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो ।

संगठित सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने बिगोबापतको रकम बुझाएर रिहाइको माग गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए ।उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । सोहीअनुसार रवि भैरहवा जान लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?