Butwal Today

के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन

४ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, ४ पुस ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बस्न अनुशासन महत्वपूर्ण रहेको बताएका छन् । ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले मतपरिणामलाई स्वीकार गरेर पार्टी अघि बढेको उल्लेख गरेका छन् ।

उनले भने, ‘पार्टीमा आँच आउने कुनै पनि काम नहुन् । हामी सुदृढ अनुशासनमा बस्छौँ । अनुशासन मानव हुनुको नाताले, सामाजिक प्राणी हुनुको नाताले अनिवार्य छ । मानव जातिको झुन्डहरू समाजमा बस्न थालेपछि अनुशासनमा बाँधिन थालेको हो । अनुशासनमा बाँधिएन भने त्यो समाज हुँदैन ।’

ओलिले थपे, ‘राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउनेजस्तो नक्कली आवरणको पार्टी होइन । यस्तो पार्टीमा दृढ विश्वास चाहिन्छ । हाम्रो पार्टी लोकतान्त्रिक हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?