ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन

४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

भैरहवा, ०४ पुस ।

औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डले इट्टा उद्योगबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण तथा कामदारको स्वास्थ्यलाई ध्यानमा राख्दै गरेको महत्त्वपूर्ण निर्णयलाई कपिलवस्तु जिल्लाका केही इट्टा उद्योगहरूले ठाडै उल्लङ्घन गरेका छन् ।

२०८१ कार्तिक ३० गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा बसेको औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको २४३ औँ बैठकले इट्टा पोल्ने कार्य प्रत्येक वर्षको पुस मसान्तपछि मात्र सुरु गर्नका लागि इट्टा उद्योग दर्ता गर्ने निकायहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

यो निर्णय विशेष गरी जाडो याममा वायु प्रदूषणको मात्रा उच्च हुने हुँदा त्यसलाई नियन्त्रण गर्न र उद्योगका कामदारहरूको स्वास्थ्य जोखिम कम गर्नका लागि गरिएको थियो ।

बोर्डको स्पष्ट निर्देशन विपरीत कपिलवस्तु जिल्लाका केही इट्टा उद्योगहरूले पुस महिना सुरु हुनु अगावै इट्टा पोल्ने कार्य थालेको पाइएको छ ।

कपिलवस्तुको महाराज नगरपालिकामा रहेको एनआरयस इट्टा उद्योग र र सोही नगरपालिकाको पचेहरीमा रहेको जय महाकाली इट्टा उद्योगले बोर्डको निर्णयको अवज्ञा गरेका छन् ।

यी दुई उद्योगमा बाटोबाट नै धुवाँ हेर्न सकिन्छ । लुकिछिपी यसरी आगो लगाउने अन्य इट्टा उद्योग पनि रहेको र अधिकांश इट्टा उद्योगले अबको एक दुई दिनमै आगो लगाउने तयारी गरेको श्रोतको बनाई छ ।

समान्यतः पुस महिनाभरि उद्योगहरूमा यी उद्योगहरूमा आगो नलगाउने निर्णय नै भएको छ । रुपन्देही, नवलपरासी र कपिलवस्तुका इट्टा व्यवसायीहरुले यस विषयमा बैठक बसी सरकारको निर्णय कार्यान्वयन गर्ने जनाइरहेका छन् ।

तर त्यही सङ्गठनमा आबद्ध केही व्यवसायीहरू भने निर्णय अवज्ञा गर्दा पनि कुनै कारबाही हुन सकिरहेको छैन ।
नेपाल इट्टा व्यवसायी महासङ्घका सहसचिव बाबुराम पाठकले पुस मसान्त अघि भट्टामा आगो नलगाउने स्पष्ट नीति हुँदा पनि उक्त निर्णय अवज्ञा गर्नेहरू सरकारी स्तरबाटै दण्डित हुनुपर्ने बताए ।

उनले यस विषयमा महासङ्घ सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । “समय अगावै इट्टा पोल्दा उद्योगमा कार्यरत कामदारहरू, जो धेरैजसो दैनिक ज्यालादारीमा निर्भर हुन्छन्, उनीहरू सिधै धुवाँ र हानिकारक ग्यासको सम्पर्कमा आउँछन् ।”

उनले भने “बोर्डको निर्णय कार्यान्वयन नगर्दा विशेष गरी जाडो महिनामा तराई क्षेत्रको वायु गुणस्तरमा गम्भीर असर पर्छ, जसले बालबालिका र वृद्ध वृद्धाको श्वासप्रश्वाससम्बन्धी समस्या पनि बढाउँछ ।”

तर उद्योग सञ्चालकहरूले भने यसलाई सरकारी निर्णयको अवज्ञा भन्दा पनि उद्योगीहरूको बाध्यताको रूपमा बुझिदिन आग्रह गरेका छन् । एनआरयस इट्टा उद्योगका सञ्चालक पशुपति अर्यालले पुस मसान्तमै बैङ्कमा कर्जा र ब्याज बुझाउन धेरै चाप रहेको कारण उद्योग सञ्चालन गर्नुपरेको बताए । यस बाहेक कामदारलाई पारिश्रमिक दिन पनि उद्योग सञ्चालन गर्नुपरेको उनको भनाई छ ।

उनले नियमको पालना गर्न आफूहरू प्रतिबद्ध रहेको तर यस वर्ष कुनै आधिकारिक सूचना नआएकोले उद्योग सञ्चालन गरेको बताए । उनले राज्यको नियम उल्लङ्घन गरेको नभई राज्यले हरेक वर्ष दिनुपर्ने सूचना यो पटक नआएको दाबी गरे ।

उद्योगको निर्णय उल्लङ्घन गर्ने यस्ता उद्योगहरूलाई तत्काल अनुगमन गरी कानुनबमोजिम कारबाही गर्न सरोकारवालाहरूले माग गरेका छन् । अन्यथा, बोर्डको निर्णय केवल कागजमा सीमित हुने र प्रदूषण नियन्त्रण गर्ने सरकारी प्रयास असफल हुने जोखिम छ ।

बोर्डले इट्टा उद्योग दर्ता गर्ने निकायहरूलाई नियम पालना गराउन निर्देशन दिएको भए तापनि कपिलवस्तुका उद्योगहरूले नियम उल्लङ्घन गरिरहँदा पनि नियमनकारी निकायहरू मौन रहनुले प्रश्न उब्जिएको छ ।

यस विषयमा घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका वरिष्ठ उद्योग अधिकृत सन्तोष खनालले गत वर्ष नै यस विषयमा उद्योगहरूलाई परिपत्र गरिएकोले प्रत्येक वर्ष उद्योगहरूलाई पत्र लेखिरहनु नपर्ने जिकिर गरे ।

जिल्लामा समय अगावै इट्टा उद्योगहरू सञ्चालन भइरहेको बारे आफूलाई जानकारी नभएको र यस विषयमा अनुगमन गर्ने खनालको भनाई छ । “ पुस मसान्त यता इट्टा उद्योगमा आगो बाल्न पाइँदैन, कहीँ कतै समय अगावै आगो लगाइएको छ भने हामी अनुगमन गरेर कारबाही गर्छौ ।” खनालले भने  ।

इट्टा उद्योगबाट हुने प्रदूषण न्यूनीकरण गर्दै दिगो औद्योगिक विकासलाई प्रोत्साहन गर्ने सरकारी नीतिको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासन तथा उद्योग दर्ता निकायले तत्कालै हस्तक्षेप गर्नुपर्ने देखिन्छ ।

नियम उल्लङ्घन गर्ने उद्योगहरूलाई कारबाहीको दायरामा नल्याएसम्म यस प्रकारका मनलाग्दी क्रियाकलापहरू नरोकिने सरोकारवालाहरूको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?