© २०२३
काठमाडौं ।
नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पराजित भएका छन् । एघारौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनी उपमहासचिव र केन्द्रीय सदस्य दुवैका उम्मेदवार थिए ।
उपमहासचिवमा पराजित भएका रिमाल केन्द्रीय सदस्यको चुनावमा पनि हार व्यहोरेका हुन् ।
रिमाललाई अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् र लामो समय उनले ओलीकै टिममा रहेर काम गरेका थिए ।