© २०२३
काठमान्डौ, ३ पुष ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली र महासचिव पदमा शंकर पोखरेलको अग्रता कायम रहेको छ ।
दुवै उम्मेदवार सुरुदेखि नै अग्रता कायम राख्दै आएका छन् । आयोगका अनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले ८४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत हासिल गरेका छन् ।