Butwal Today

एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी

३ पुष २०८२, बिहीबार
अ+
अ-

विराटनगर ।

नेकपा एमालेको ११ औँ महाधिवेशनबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सचिवमा निर्वाचित भएका छन् । उनका दाजु दीपक कार्की भने केन्द्रीय सदस्यमा विजयी भएका छन् ।मुख्यमन्त्री कार्कीले १,३३७ मत ल्याएर सचिवमा विजयी हुँदा, दीपक कार्कीले खुला केन्द्रीय सदस्यमा १,११६ मत ल्याएर सफलता प्राप्त गरेका हुन् ।

भर्खरै सम्पन्न मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कार्की दाजु–भाइ दुवै ओलीको प्यानलमा थिए । दीपक कार्की संविधानसभाका सदस्य हुन् भने हिक्मतकुमार कार्की दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट केन्द्रीय पदाधिकारीमा ५ जना विजयी भएका छन्, जसमा अध्यक्ष केपी शर्मा ओली, सचिवमा योगेश भट्टराई, भानुभक्त ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?