Butwal Today

एमाले सचिवमा ओली प्यानल नै विजयी

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, ३ पुस ।

नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ ।

सचिव पदका नौ उम्मेदवारमध्ये सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गरेका छन् । उनले १,५४४ मत ल्याएर विजयी भए । दोस्रो बढी मत प्राप्त गर्दै पद्माकुमारी अर्याल १,५३० मतसहित विजयी भएकी छन् ।

तेस्रो बढी मत ल्याउनेमा छविलाल विश्वकर्मा रहेका छन् । उनले १,५०६ मत प्राप्त गरेका छन् । यसैगरी सचिव पदमा विजयी हुनेमा शेरधन राई (१,५०३), हिक्मतकुमार कार्की (१,३३७), खगराज अधिकारी (१,२३१), यामलाल कंडेल (१,१८५), राजन भट्टराई (१,१८१) र भानुभक्त ढकाल (१,१०८) रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?