Butwal Today

एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ३ पुष ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार शंकर पोख्रेलले ६१३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले ५२६ मतसहित पछ्याइरहेका छन् ।

अध्यक्ष पदमा केपी शर्मा ओली भने स्पष्ट अग्रता कायम राख्दै ईश्वर पोखरेलभन्दा धेरै अघि छन् । ओलीले ८४३ मत ल्याएका छन् भने पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।

केही पदबाहेक, अन्य सबै पदमा ओली प्यानलकै उम्मेदवारले अग्रता कायम राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?