© २०२३
काठमान्डौ, ३ पुष ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार शंकर पोख्रेलले ६१३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले ५२६ मतसहित पछ्याइरहेका छन् ।
अध्यक्ष पदमा केपी शर्मा ओली भने स्पष्ट अग्रता कायम राख्दै ईश्वर पोखरेलभन्दा धेरै अघि छन् । ओलीले ८४३ मत ल्याएका छन् भने पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।
केही पदबाहेक, अन्य सबै पदमा ओली प्यानलकै उम्मेदवारले अग्रता कायम राखेका छन् ।