Butwal Today

रवि र छविको मुद्दाको पेसी आज

३ पुष २०८२, बिहीबार
अ+
अ-

बुटवल, ३ पुष ।

सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीसम्बन्धी मुद्दामा आज पेसी तोकिएको छ ।

उक्त मुद्दा आज उच्च अदालत बुटवलमा पेसीका लागि चढाइएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुवरले जानकारी दिए । यसअघि यो मुद्दा गत हप्ता ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो भने त्यसअघि दुई पटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिँदै बहस रोकाएका थिए ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा आफूले अपचलन गरेको भनिएको भाग बराबरको बिगो रकम दाखिल गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्ला अदालतको उक्त आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?