Butwal Today

रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएपछि पार्टीले अदालतले राजनीतिक प्रतिशोध खारेज गरेको प्रतिक्रिया दिएको छ ।

पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले अदालतको निर्णयले राजनीतिक प्रतिशोध खारेज भएकाले अब स्वच्छ राजनीति अगाडि बढाउने प्रतिक्रिया दिएका छन् ।

‘अदालतको निर्णयले राजनीतिक प्रतिशोध खारेज भयो । अब स्वच्छ राजनीति अगाडि बढाउँछौँ,’ महामन्त्री बुर्लाकोटीले  प्रतिक्रिया दिँदै भने, ‘अदालतले न्याय दिएको छ । धरौटीबापतको बिगो रकम पहिला नै बुझाइ सकेकाले आजै रिहा हुने अपेक्षा गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?