ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी

३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

काठमान्डौ, ३ पुष ।

नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै क्लस्टर निर्माण गरी प्रतिनिधिसभामा प्रत्यक्ष प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई अलग क्लस्टरमार्फत समावेशी समानुपातिक प्रतिनिधित्व नदिनु संवैधानिक अधिकारको उल्लङ्घन हुने संघको ठहर छ ।

संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले जारी गरेको विज्ञप्तिमा सरोकारवालासँग कुनै छलफल नगरी संविधानको मर्म र भावना विपरीत अपाङ्गता भएका व्यक्तिहरूलाई प्रतिनिधिसभाबाट वञ्चित गर्ने उद्देश्यले राष्ट्रिय जनगणनाका आधारमा समानुपातिक समावेशी समूहको नयाँ आधार–प्रतिशत तय गर्न गरिएको सिफारिस अस्वीकार्य रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार अपाङ्गता भएका व्यक्तिहरूको जनसंख्या कम्तीमा २.२ प्रतिशत रहेको यथार्थ हुँदाहुँदै पनि प्रतिनिधिसभामा निर्वाचित हुने सुनिश्चिततासहित अपाङ्गता कोटाबाट छुट्टै क्लस्टर नबनाइनु संविधानको मर्म र भावना विपरीत भएको जनाइएको छ ।

अध्यक्ष चम्लागाईंले अपाङ्गता सम्बन्धी राजनीतिक अधिकार प्रत्यक्ष प्रतिनिधित्वबाट मात्र सुनिश्चित हुन सक्ने स्पष्ट पार्दै अन्य समूहभित्र सीमित र औपचारिक समावेशीताले अपाङ्गता भएका समुदायको वास्तविक राजनीतिक अधिकार प्रत्याभूत गर्न नसक्ने बताएका छन् ।

उनले सरकारसँग अपाङ्गता कोटाबाट न्यूनतम २.२ प्रतिशत सुनिश्चित हुने गरी छुट्टै क्लस्टर निर्माण गरी प्रतिनिधिसभामा निर्वाचित हुने स्पष्ट व्यवस्था गर्न माग गरेका छन् । माग बेवास्ता गरी निर्णय अगाडि बढाइए अन्तिम विकल्पका रूपमा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?