ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै

२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

काठमान्डौ, २ पुष ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा जारी निर्वाचनमा अहिलेसम्म ३८० मत खसेको छ । आज बिहान ९ बजेदेखि ई–भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ ।

ई–भोटिङ मेसिन प्रयोग गरिएको भए पनि मतदान प्रक्रियामा अपेक्षाकृत धेरै समय लागिरहेको भन्दै मतदाताहरूले गुनासो गरेका छन् । मतदान गरेर बाहिर निस्किएका एक जना महाधिवेशन प्रतिनिधिले भने, ‘जान्ने व्यक्तिलाई पनि २५–३० मिनेट लाग्छ । नाम सूची हेर्नुपर्नेहरूलाई त ५० मिनेटसम्म लाग्ने रहेछ ।’

निर्वाचन व्यवस्थापनतर्फ अशक्त मतदातालाई प्राथमिकता दिई अगाडि मत खसाल्ने व्यवस्था गरिएको छ । आफैँ मतदान गर्न नसक्ने मतदाताले आफूले इच्छाएको व्यक्तिबाट सहयोग लिन पाउने व्यवस्था पनि गरिएको छ ।

जारी निर्वाचनका लागि ८० वटा ई–भोटिङ मेसिन प्रयोगमा ल्याइएको छ । एक जना प्रतिनिधिले करिब ३ सय हाराहारी उम्मेदवारलाई मतदान गर्नुपर्ने भएकाले पनि मतदान प्रक्रिया लामो भएको बताइएको छ ।

यस निर्वाचनमार्फत ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ । पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव निर्वाचित हुने छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । दुवै प्यानलबाट गरेर करिब ६ सय ५० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

मतदानका लागि बुथभित्र प्रवेश गरेपछि निर्वाचन आयोगले प्रमाणित गरेको ई–भोटिङ मेसिनको टच स्क्रिन डिस्प्ले देखिन्छ । स्क्रिनमा उम्मेदवारहरूको नाम र फोटो देखाइन्छ । मतदाताले आफूले रोजेको उम्मेदवारको फोटो टच गरी मत जाहेर गर्नुपर्छ । मतदान सफल भएपछि सम्बन्धित फोटोमा स्वस्तिक चिह्न देखिन्छ ।

मेसिनमा उम्मेदवारहरू पदीय मर्यादाक्रमअनुसार माथिबाट तल राखिएका छन् । अध्यक्ष, उपाध्यक्ष, महासचिव हुँदै क्रमैसँग मतदान गर्नुपर्ने व्यवस्था छ । एक पदमा मतदान नगरी अर्को पदमा जान पाइँदैन ।

सबै पदमा मतदान पूरा भएपछि मेसिनले मत सुरक्षित रूपमा रेकर्ड गर्छ । मतदान सफल भएको संकेतका रूपमा ‘बिप’ आवाज वा अडियो सन्देश सुनिन्छ ।

मतदानमा समय लागे पनि मतगणनामा धेरै समय नलाग्ने निर्वाचन आयोगको अनुमान छ । ई–भोटिङ मेसिनमार्फत भएको मतदानको तथ्यांक संकलन र प्रमाणीकरण गर्न करिब ४ देखि ५ घण्टा लाग्न सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?