ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी

२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

चन्द्रौटा, २ पुस ।

शिवराज नगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष खिमबिक्रम केसीले श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव नरहेको बताएका छन् । कपिलवस्तुको शिवराज–१, उमरीमा भएको नेपाल स्वतन्त्र निर्माण श्रमिक समूहको प्रथम साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विकास निर्माणदेखि उच्च तहका कार्यमा श्रमिकको पसिना र मेहनतले नै विश्व धानेको केसीले उल्लेख गरे । निर्माण क्षेत्रका श्रमिकहरू जोखिमपूर्ण काममा संलग्न हुने भएकाले उनीहरूको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । “श्रमिक सुरक्षित भए मात्र विकास दिगो हुन्छ,” वडा अध्यक्ष केसीले भने ः “स्थानीय सरकार श्रमिकका हकहित र सुरक्षाका विषयमा सधैँ साथमा रहनेछ ।”

यसैबिच नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ कपिलवस्तुका अध्यक्ष गणेश थारुले निर्माण कार्य संवेदनशील क्षेत्र भएकाले सजग भएर काम गर्नुपर्नेमा जोड दिए । उनले घरधनी र कामदारबिच स्पष्ट लेनदेनको सम्झौता गरेर मात्र निर्माण कार्य सुरु गर्नुपर्ने बताए । श्रमिकको जीवन सुरक्षा अत्यन्त महत्त्वपूर्ण भएकाले बिमा अनिवार्य गर्नुपर्ने उनले धारणा राखे । कामको क्रममा हुने दुर्घटनाले श्रमिक र परिवारलाई ठुलो असर पार्न सक्ने बताउँदै बिमा र सुरक्षाका मापदण्ड पालना गर्न थारुले आग्रह गरे ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले श्रमिकहरूको हक अधिकार, सुरक्षित कार्य वातावरण, सीप अभिवृद्धि तथा सङ्गठन सुदृढीकरणका विषयमा जागरूक हुनुपर्ने समूहका अध्यक्ष लक्ष्मण थारुले बताए । समूहका सचिव आशाराम थारुका अनुसार स्थानीय श्रमिक, सङ्घका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । नगर भित्रका ७५ वटा निर्माण क्षेत्रमा कार्यरत रहेको व्यावसायिक संस्थाहरू श्रमिक समूहमा आबद्ध रहेका छन् । अहिले समूहमा आबद्ध भएर कार्यरत रहेको कामदारहरूको बिमा र परिचयपत्र बनाउने कार्यलाई तीव्रता दिई कार्यान्वयनमा जोड दिएका उनले बताए ।

यसैबिच नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ बाणगंगा नगर समितिका अध्यक्ष तुलसीराम थारु, थारु कल्याणकारिणीसभा शिवराज नगर समितिका सभापति प्रकाश चौधरी, रामु सुनार, फानेश्वर न्यौपाने, मनिराम बढई लगायतले मङ्गलवार कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?