© २०२३
काठमान्डौ, २ पुष ।
प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्न माग गर्दै नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतले उक्त निवेदनको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी रहेका छन् ।
श्याम घिमिरेलगायत कांग्रेसका केही सांसदहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।