Butwal Today

देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन

२ पुष २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, २ पुष ।

विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई पार्टीले निलम्बन गरेको छ ।

पार्टी अध्यक्ष हर्क साम्पाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म राजकुमार तामाङलाई आजैको मितिबाट उपाध्यक्ष पदबाट निलम्बन गरिएको छ ।”

काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार तामाङलाई पक्राउ गरेको थियो । उनीविरुद्ध २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र दुई जना घाइते भएका घटनामा मुद्दा दायर गरिएको छ ।

पार्टीले अनुसन्धानमा निष्पक्षता सुनिश्चित गर्ने र घटनासम्बन्धी कानुनी प्रक्रिया स्वतन्त्र रूपमा अघि बढाउने उद्देश्यले निलम्बनको निर्णय गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?