© २०२३
काठमाडौँ ।
नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका प्रतिस्पर्धीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिव पदका उम्मेदवार शंकर पोखरेलले मत हालिसकेका छन्।
काठमाडौँको भृकुटीमण्डपमा जारी एमाले निर्वाचनमा बिहान ९ बजे आसपास मतदान सुरु भएको हो। मतदान विद्युतीय भोटिङ मेसिनमार्फत भइरहेको हो।
शंकर पोखरेल अध्यक्ष ओली समूहबाट महासचिव पदमा उठेका हुन् भने उनलाई ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डेले चुनौती दिइरहेका छन्।