Butwal Today

अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत

२ पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका प्रतिस्पर्धीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिव पदका उम्मेदवार शंकर पोखरेलले मत हालिसकेका छन्।

काठमाडौँको भृकुटीमण्डपमा जारी एमाले निर्वाचनमा बिहान ९ बजे आसपास मतदान सुरु भएको हो। मतदान विद्युतीय भोटिङ मेसिनमार्फत भइरहेको हो।

शंकर पोखरेल अध्यक्ष ओली समूहबाट महासचिव पदमा उठेका हुन् भने उनलाई ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डेले चुनौती दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?