ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

प्रमुख भन्सार अधिकृतको दाबी: साना यात्रुमाथि गरिने कडाइले राजस्वमा कुनै ठुलो असर पर्दैन

१७ मंसिर २०८२, बुधबार
१७ मंसिर २०८२, बुधबार

भैरहवा, १७ मङ्सिर ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा भन्सार कार्यालय, भैरहवाका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले भन्सार नाकामा हुने जाँच प्रक्रिया र कर प्रणालीका विषयमा आफ्नो भनाइ राखेका छन् ।

उनले अहिलेको अवस्थामा सरकारप्रति सबैको विरोधका स्वरहरू भइरहेको बताउँदै भन्सार जाँचमा साना र इमानदार यात्रुले बढी दुःख पाउने अवस्था आउन नदिने बताए । व्यवसायीहरूले एक सय रूपैया भन्दा बढीको समानमा भन्सार महुशल लगाउनु पर्ने माग राख्दा उनले यो अव्यवहारिक भएको बताए ।

प्रमुख भन्सार अधिकृत पौडेलले यसले “सेटिंग” मा सामान ल्याउने वा ठूला क्यारियरलाई माल ढुवानीमा खासै समस्या नहुने तर सामान्य यात्रुले साना सामान ल्याउँदा पनि भन्सार तिर्नुपर्ने बाध्यता हुने र यसले सरकार प्रति नागरिकको रोष बढाउने भएकोले तत्काल यो लागू नगर्नेे बताए ।

उनले साना यात्रुमाथि गरिने कडाइले राजस्वमा कुनै ठुलो असर नपर्ने र त्यसबाट आउने राजस्व जम्मा ५ देखि ६ प्रतिशत मात्रै हुने दाबी गरे । प्रमुख पौडेलले नेपालमा गाडीमा संसारमै सबभन्दा बढी कर लगाइने कुरा सत्य भए पनि त्यसको कारण राजस्व मात्र नभएको स्पष्ट पारे ।

उनका अनुसार गाडीमा उच्च कर लगाउनुको मुख्य कारण राजस्व मात्र नभएर नेपालको भौगोलिक अवस्था र सडक सञ्जालको व्यवस्थापन हो । गाडीको ओनरशिप कन्ट्रोल नगरिएमा यहाँ गाडी राख्ने ठाउँसमेत नहुने अवस्था आउन सक्ने भएकाले बाटोको अवस्था हेरेर पनि गाडीमा ट्याक्स लगाइएको उनले प्रष्ट पारे।

पौडेलले भन्सार कार्यालयमा पनि विचौलियाहरूको प्रभाव रहेको स्विकार्दै यसलाई चिर्दै लैजाने प्रतिवद्धता जनाए । विशेष गरि भारतीय पर्यटकको गाडी भन्सार गराउने प्रक्रियामा विचौलियाहरूले प्रभाव जमाएकोले भारतीय समकक्षीहरूको सहयोगमा यसलाई निर्मूल पार्ने उनको भनाइ छ । यस्तै राजस्व अनुसन्धान कार्यालय बुटवलका नव आगन्तुक कार्यालय प्रमुख राधेश्याम दहालले आफु व्यवसायी मैत्री वातावरण बनाउने स्पष्ट नीतिका साथ लागेको बताएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाले मंगलबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा दाहालले इमानदार व्यवसायी र राज्यलाई कर तिर्ने कसैलाई पनि दुःख दिने नियत कार्यालयको नरहेको स्पष्ट पारे । प्रमुख दाहालले कर तिर्ने व्यवसायीलाई कार्यालयले कुनै पनि हालतमा दुःख नदिने बताए ।

उनका अनुसार, कार्यालयको ध्यान राज्यलाई तिर्नुपर्ने कर नतिर्ने, छल्ने, र बिक्री बिल जारी नगर्ने जस्ता अनावश्यक कार्य गर्ने व्यवसायीहरूमाथि केन्द्रित हुनेछ । “जो व्यवसायी सच्चा व्यवहार गर्नुहुन्छ, जसले राज्यलाई तिर्नुपर्ने कर दाखिला गर्नुभएको छ, उहाँहरूलाई दुःख दिने हाम्रो पटक्कै उद्देश्य छैन,” प्रमुख दाहालले भने राज्यलाई कर छल्ने, बिक्री बिल जारी नगर्ने जस्ता अनियमितता गर्नेहरूमाथि कार्यालयले “निर्मम ढंगले” लाग्ने उनले बताए ।

कर छलेको वा राजस्व अनुसन्धानको विषयमा कुनै समस्या परेको खण्डमा बिचौलियाको भर नपरी स्वयं सम्बन्धित व्यवसायीले नै आएर कार्यालय प्रमुखसँग भेटेर आफ्ना कुरा राख्न उनले आह्वान समेत गरे । व्यवसायीहरूलाई कार्यालय आउँदा डराउनुपर्दैन भन्दै सुरक्षाको लागि गेटमा प्रहरीको प्रबन्ध हुने र कुनै पनि समस्या भएमा सिधै प्रमुख वा सम्बन्धित अधिकारीलाई भेट्न उनले अनुरोध गरे ।

यस अघि कार्यक्रममा बोल्दै उद्योगी तथा व्यवसायीहरूले भिसिटियस बिल, भन्सार जाँचपास, बिचौलियाका प्रभाव, अवैध नाकाबाट हुने चोरी निकासी सँगै राजस्व अनुसन्धानले त्रासको वातावरण बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू विष्णु प्रसाद शर्मा, महेन्द्र कुमार श्रेष्ठ, कुल प्रसाद न्यौपाने, ठाकुर कुमार श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्य लगायतले बोल्दै अत्यधिक लजिष्टिक खर्च, अव्यावहारिक कर प्रणाली, निकासी उद्योगमा अनुदान कटौती र खुला सीमाबाट हुने चोरीतस्करी प्रमुख चुनौतीका रूपमा औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?