ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

पुरानो राजनीतिलाई डेन्टिङ-पेन्टिङ गर्दा देश विग्रहतिर जान्छ : डा. भट्टराई

१६ मंसिर २०८२, मंगलवार
१६ मंसिर २०८२, मंगलवार

काठमान्डौ, १६ मंसिर ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवयुवाहरूको बढ्दो असन्तोष र आक्रोशलाई राजनीतिक लाभका लागि भजाउने दुष्प्रयासले देशलाई आगामी दिनमा अझ ठूलो विस्फोट र अव्यवस्थातिर धकेल्न सक्ने चेतावनी दिएका छन् ।

उनका अनुसार पछिल्लो समय देखिएको जेनजी विद्रोह नेपाली अर्थ–राजनीतिक संरचनाको समग्र पुनर्संरचनाको माग हो, जसलाई दिनको घामझैँ छर्लङ्ग रूपमा प्रत्येक चेतनशील नागरिकले बुझ्न सक्ने अवस्था बनिसकेको छ ।

भट्टराईले भने, “अब कुनै पनि बहानामा पुरानो राजनीति, दल, नेतृत्व, कार्यशैली वा संस्कारलाई सामान्य डेन्टिङ–पेन्टिङ गरेर अथवा नयाँको नाममा खोक्रा पपुलिस्ट एजेन्डा अघि सारेर, अनि पुरानै राजतन्त्र–शैलीका चमत्कारिक देवदूत प्रस्तुत गरेर युवाहरूको आक्रोशलाई मोड्ने प्रयास अत्यन्त खतरनाक हुनेछ । यस्तो कदमले देशलाई झन् ठूलो विस्फोट र विग्रहतिर लैजान सक्छ ।”

संकटग्रस्त राज्य र समाजको सतहभित्र थिचिएको बहुआयामिक अन्तर्विरोधलाई वेवास्ता गर्दै समस्या छोपेर टार्ने प्रयास इतिहासमै कहिल्यै सफल नदेखिएको उल्लेख गर्दै उनले समयमै उचित राजनीतिक निकास र रूपान्तरण आवश्यक रहेको टिप्पणी गरेका छन् ।

डा. भट्टराईले निम्न कार्यहरू तदारुकताका साथ सम्पन्न गर्न ध्यानाकर्षण गराएका छन् :

१. जेनजी समूहहरूको तर्फबाट संयुक्त रूपमा सरकार समक्ष प्रस्तुत सहमतिपत्र (म्यानडेट) मा तुरून्त दुबैपक्षबाट हस्ताक्षर होस् र कार्यान्वयनमा अघि बढोस् ।

२. कार्की आयोगले भदौ २३ र २४ गतेको घटनाको छानबिन अहिले जस्तो कछुवा गतिमा हैन रकेटको गतिमा छिटो सम्पन्न गरोस् र त्यसका सिफारिसहरू तदारुकताका साथ कार्यान्वयन होस् ।

३. तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन निर्बाध रूपमा सम्पन्न होस् ।

४. निर्वाचन पश्चात् पुराना दल र नेतृत्वलाई लोकतान्त्रिक ढङ्गले ससम्मान बिदाइ गरेर देशलाई अग्रगामी नयाँ लोकतान्त्रिक नेतृत्व प्रदान गर्न नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू बिचमा वृहत् ध्रुवीकरण, मोर्चा वन्दी, सहकार्य होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?