ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

सुशीला कार्की नेतृत्वको सरकारका दुई निर्णयमा सर्वोच्चको रोक

१६ मंसिर २०८२, मंगलवार
१६ मंसिर २०८२, मंगलवार

काठमान्डौ, १६ मंसिर ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका आधारमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गरेको दुई महत्वपूर्ण निर्णयमा सर्वोच्च अदालतले रोकलगाएको छ ।

निर्वाचन प्रयोजनका लागि बनेको अन्तरिम सरकारले विभिन्न मुलुकमा कार्यरत ११ जना राजदूत फिर्ता गर्ने तथा भूमिसम्बन्धी समस्या समाधान आयोग र यसको जिल्ला समिति खारेज गर्ने निर्णयलाई सर्वोच्चले बदर गरेको हो ।

सोमबार न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले भूमि आयोग खारेज सम्बन्धी मन्त्रिपरिषद्को असोज २३ गतेको निर्णय अमान्य ठहर गर्दै तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । यसअघि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा पनि सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । पूर्णपाठ आइसकेको छैन, तर चुनाव–केन्द्रित ६ महिनाका लागि बनेको अन्तरिम सरकारले दीर्घकालीन प्रभाव पार्ने निर्णय लिन नमिल्ने सर्वोच्चको स्पष्ट संकेत छ ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार अन्तरिम सरकारबाट आवेगमा गरेर निर्णय भइरहेमा चुनाव नै संकटमा पर्न सक्ने खतरा देखिएकाले सर्वोच्चले संवैधानिक सीमारेखा सम्झाइदिएको हो । उनका शब्दमा, “सरकारले आफू कुन उद्देश्यका लागि आएको हो भन्ने कुरा भुल्न मिल्दैन ।”

गत कात्तिक १६ गते सर्वोच्चले ११ जनालाई फिर्ता गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अधिवक्ता प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले दायर गरेको रिटमा, इजलासले दुई मुख्य आधार उल्लेख गरेको थियो । अन्तरिम सरकार निर्वाचन गराउने उद्देश्यले बनेकाले यो सरकारको जिम्मेवारी राजदूत फिर्ता गराउने होइन भनेर स्पष्ट सन्देश दिएको थियो । प्रतिनिधिसभा विघटनको अवस्थामा राजदूत नियुक्तिमा आवश्यक संसदीय सुनुवाइ सम्भव नभएकाले फिर्ता गर्ने निर्णय उचित ठहरिँदैन ।

राजदूत फिर्ता बोलाउने अधिकार सरकारको विशेषाधिकार भए पनि, अहिलेको संवैधानिक अवस्थाले उक्त निर्णयको औचित्य पुष्टि गर्न नसकेको सर्वोच्चले आदेशमा उल्लेख गरेको छ । राजदूत फिर्ता गर्नुका कारण सरकार आफैंले सार्वजनिक नगरेको पनि अदालतले ध्यानाकर्षण गराएको छ ।

राजदूत नियुक्ति तथा फिर्ता सम्बन्धी निर्देशिका, २०७५ को दफा ८ ले आवश्यक परे सरकारलाई चार वर्षअघि नै राजदूत फिर्ता बोलाउन सकिने व्यवस्था गरेको छ । तर, सर्वोच्चको ठहर अनुसार वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्र निर्वाचनसम्म सीमित हुँदा यस्तो निर्णय लिन उचित देखिँदैन ।

अधिवक्ताहरूका भनाइमा, अदालतले पटक–पटक यस प्रकारका निर्णय उल्टाइदिई सरकारलाई विवादमा नफस्न, राजनीतिक तनाव नबढाउन र चुनाव नधकेलिन सावधान गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?