ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

नेपालमा ३४ हजारभन्दा बढी एचआईभी संक्रमित, ८ हजार उपचारबाहिर

१४ मंसिर २०८२, आइतबार
१४ मंसिर २०८२, आइतबार

काठमान्डौ, १४ मंसिर ।

नेपालमा हाल ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अनुमान छ । तीमध्ये वार्षिक ५६९ जनाको एड्सका कारण मृत्यु हुने गरेको केन्द्रको तथ्यांक छ । देशभर हरेक दिन औसत १.७ जनामा नयाँ एचआईभी संक्रमण पुष्टि भइरहेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार २६ हजार ३७२ जना संक्रमित उपचारको दायरामा रहेका छन् । तर झण्डै ८ हजार संक्रमित अझै उपचार सेवाबाट बाहिर छन्, जसले संक्रमण नियन्त्रणमा गम्भीर चुनौती उत्पन्न गरेको छ ।

केन्द्रका निर्देशक डा. सर्वेश शर्मा भन्छन्— ‘सरकारले संक्रमितलाई निरन्तर फलोअपमा राख्न नसक्नु कमजोरी हो । कतिपयले नाम, ठेगाना र फोन नम्बर समेत गलत भर्ने गर्छन्, कतिपय बसाइँसराइ गरी हराइदिन्छन् । खुलेर उपचारमा नआउँदा संक्रमण फैलिने जोखिम उच्च छ ।’ प्रत्येक वर्ष सयौं नयाँ संक्रमित थपिनु सरकारका लागि थप चुनौतीको विषय बनेको उनले बताए ।

सरकारले एचआईभी संक्रमितलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । तर धेरै संक्रमित परीक्षण र उपचारमा खुला रूपमा सहभागी नहुँदा प्रभावकारी नियन्त्रणमा समस्या देखिएको छ । डा. शर्माका अनुसार, ‘एचआईभी ढिलो पत्ता लागेमा बिरामीले अरूलाई रोग सारिसक्ने सम्भावना धेरै हुन्छ । त्यसैले संक्रमण पहिचान जितिसक्दो चाँडो हुनुपर्छ ।’गरिबी, सेवामा पहुँच अभाव, स्वास्थ्य केन्द्रमा नजाने प्रवृत्ति, उपचारमा ढिलाइजस्ता कारणले पनि संक्रमण नियन्त्रण हुन नसकेको बताइएको छ ।

नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिंगी तथा तेस्रो लिंगी र रोजगारका लागि विदेशिने तथा तिनका दम्पती एवं जेलमा रहेका कैदीका लागि एचआईभी उच्च जोखिममा छन् । केन्द्रको तथ्यांक अनुसार नेपालमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने व्यक्ति, यौनकर्मीमा ३ प्रतिशत एचआईभी संक्रमित छन् ।

केन्द्रका अनुसार सुई प्रयोगकर्ता र यौनकर्मीमध्ये एचआईभी संक्रमितको दर करिब ३ प्रतिशत छ । राष्ट्रिय एचआईभी रणनीतिक योजना (२०२१–२०२६) अन्तर्गत रोकथाम, उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहे पनि कार्यान्वयन अपेक्षाकृत प्रभावकारी देखिएको छैन ।

नेपालले सन् २०३० सम्ममा एड्स तथा एचआईभी निर्मूल गर्ने लक्ष्य लिएको छ । अहिले अनुमानित एचआईभी सङ्क्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून गर्ने योजना सरकारको छ ।

तर केन्द्रको तथ्यांक अनुसार एचआईभी संक्रमितमध्ये ७७ प्रतिशतको पहिचान, ८७ प्रतिशतको उपचार र ७१ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको छ । तर ७७ प्रतिशतलाई ९५ मा पुर्‍याउन भने धेरै काम गर्नुपर्ने छ ।

नेपालमा एचआईभी/एड्स नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्र मिलेर वार्षिक डेढ अर्ब रुपैयाँ खर्च हुँदै आएको छ । सरकारी खर्च मात्रै करिब ५० करोड रुपैयाँ छ । तर संक्रमितमाथि समाजमा लाञ्छना र भेदभाव यथावत रहेकाले जनचेतना अभाव प्रमुख चुनौतीको रूपमा देखिएको डा। शर्माको भनाइ छ ।

एचआईभी शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने भाइरस हो । समयमै उपचार नहुँदा यो एड्समा परिणत हुन्छ । एचआईभी निको पार्ने प्रभावकारी औषधि अहिले नभए पनि उपचार र औषधिको नियमित सेवनले भाइरस नियन्त्रणमा राख्न सकिन्छ र संक्रमितले स्वस्थ जीवन बिताउन सक्छन् ।

यो भाइरस संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा यौन सम्पर्कको माध्यमबाट मात्र नभई निर्मूलीकरण नगरिएका सिरिन्जको प्रयोगबाट, र्यालबाट, शरीरका अंग प्रत्यारोपण गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चालाई समेत सजिलै सर्न सक्छ ।

आइतबार ९डिसेम्बर १० नेपालसहित विश्वभर ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिक्रिया रूपान्तरण गरौँ’ भन्ने मूल नारासहित ३८औँ विश्व एड्स दिवस मनाइँदैछ ।

डा. शर्मा भन्छन्— ‘एचआईभी संक्रमितलाई सहानुभूति होइन, सम्मान चाहिन्छ । एचआईभी जीवनको अन्त्य होइन, नयाँ सुरुवात पनि हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?