ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

चुनावी तयारी र सुशासनको जग बलियो बनाउँदै सत्ता हस्तान्तरण गर्छौँ: गृहमन्त्री अर्याल

९ मंसिर २०८२, मंगलवार
९ मंसिर २०८२, मंगलवार

भैरहवा, ९ मङ्सिर । 

सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी जेन जी युवाहरूबाट भएको प्रदर्शनपछि “शून्यलाई पूरा गर्न” विषम परिस्थितिमा गठन भएको वर्तमान सरकारले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नलाई आफ्नो प्रमुख अभिभारा मानेको छ ।

मंगलबार भैरहवामा लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृह मन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य लक्ष्य सुशासनको आधार बलियो बनाएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु रहेको बताएका छन् ।

गृह मन्त्री अर्यालले चुनाव हुँदैन भन्ने कुराहरूलाई सरकारले आफ्नो कामबाट जवाफ दिने स्पष्ट पार्दै, यो सरकार कसैको निगाहा वा व्यक्तिगत इच्छाले नबनेको जिकिर गरे । मन्त्री अर्यालले निर्वाचनको तयारीका लागि यो सुरक्षा गोष्ठी आयोजना गरिएको बताउँदै यसले लुम्बिनी प्रदेशका सुरक्षा चुनौतीहरूको संश्लेषण गरी आवश्यक रणनीति तय गर्ने बताए ।

उनले युवा पुस्ताले कार्यसम्पादनमाथि प्रश्न उठाइसकेपछि पनि नसच्चिने, एकले अर्कालाई दोषारोपण गर्ने र खराबलाई खराब नभन्ने हो भने फेरि अर्को दुर्घटना हुन सक्ने भन्दै सबैलाई जिम्मेवारी बोध गर्न आग्रह गरे ।

राजनीतिक दलहरूले प्रमुख चुनौतीका रूपमा औँल्याएका लुटिएका हतियार र फरार कैदी बन्दीहरू लाई फिर्ता ल्याउने प्रयासहरू भइरहेको र ठुलो सङ्ख्यामा सफलता मिलेको उनले जानकारी दिए । गोष्ठीमा यी प्रयासहरूको समीक्षा गरी थप प्रभावकारी रणनीति बनाइनेछ ।

शान्ति सुव्यवस्था कायम गर्न र निर्वाचनको वातावरण सिर्जना गर्न प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै, केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत योजनाबमोजिम प्रादेशिक सुरक्षा योजना बनाई कार्यान्वयन गर्न उनले विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेशलाई राजस्व चुहावटको दृष्टिले जोखिमको प्रदेश को रूपमा व्याख्या गर्दै गृह मन्त्रीले चुहावट नियन्त्रणमा सरकारले “शून्य सहनशीलता” को नीति अवलम्बन गरेको बताए ।

उनले सरकारी संयन्त्रलाई व्यावसायिक ढङ्गले काम गर्न निर्देशन दिँदै भने, “कसैलाई गलत तवरले रिझाउनुपर्ने अवस्था छैन, व्यावसायिक ढङ्गले कार्य सम्पादन गर्दा पुग्नेछ।” गोष्ठीसँगै राजस्व चुहावट नियन्त्रणमा सरकारी संयन्त्रका कमजोरीहरू अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

सुरक्षा निकायलाई व्यावसायिक आचरणभित्र रही कानुनबमोजिम प्राप्त अधिकार प्रयोग गर्नमा पूर्ण स्वतन्त्रता र स्वायत्तता प्रदान गरिएको तर निगरानी भने बढाइएको मन्त्री अर्यालले स्पष्ट पारे ।

उनले अपराधका घटना हुने तर माथिको मुख ताकेर अनुसन्धान हुने परिपाटी अब अन्त्य भएको घोषणा गर्दै सबैलाई निष्पक्ष भएर गैर कानुनी क्रियाकलापलाई कानुनको दायरामा ल्याउन निर्देशन दिए । जुनसुकै आवरणमा हुने गलत कार्यहरू रोकिनुपर्ने तर निर्दोष पर्न नहुनेमा उनले सचेत गराए ।

गृह मन्त्रीले यो गोष्ठीले लुम्बिनी प्रदेशमा पाँच कुराहरूको सुनिश्चितता गर्दै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सुरक्षा चुनौती सामना गर्न सक्षम हुने गरी सुरक्षा योजना तयार र कार्यान्वयन, कार्यस्थलमा फर्किँदा कार्यशैलीमा जनताले महसुस हुने गरी सुधार, समूह कार्यमा प्रभावकारिता वृद्धि, कानुनी राज्यको अवधारणा बमोजिम स्वतन्त्र र निष्पक्ष ढङ्गबाट कार्यसम्पादन र सरोकारवालाहरूसँगको समन्वय र सहकार्यलाई थप सुदृढ बनाइनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?