ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सुरक्षा गोष्ठीमा मुख्यमन्त्रीको चिन्ता: अझै भयभीत छन् जनता, सुरक्षाकर्मीले समेत सुरक्षित महसुस गर्न सकेका छैनन्

९ मंसिर २०८२, मंगलवार
९ मंसिर २०८२, मंगलवार

भैरहवा, ९ मङ्सिर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेशको सुरक्षा अवस्था सन्तोषजनक नरहेको भन्दै जनता र सुरक्षाकर्मी दुवैले सुरक्षित महसुस गर्न नसकेको अवस्था रहेको औँल्याएका छन् ।

सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सुरक्षा स्थितिको यथार्थपरक समीक्षा आवश्यक रहेकोमा जोड दिए । “जनताहरू अहिले पनि भयभीत छन्, त्रसित छन् र आफूले आफैलाई सुरक्षित भएको अनुभूति गर्न पाइरहेको अवस्था छैन ।

यो कुरालाई हामीले आत्मसात् गर्न जरुरी छ,” मुख्यमन्त्री आचार्यले भने “सुरक्षा निकायले कार्यरत सुरक्षाकर्मीहरू पनि आफू सुरक्षित भएको महसुस गर्न सकिरहेको अवस्था छैन” मुख्यमन्त्री आचार्यले यो गोष्ठीको मुख्य लक्ष्य लुम्बिनी प्रदेशको समग्र सुरक्षा अवस्थामा गहन छलफल गरी ठोस कार्य योजना बनाएर अगाडि बढ्नु रहेको बताए ।

उनले भने, “हामी विशेष गरेर लुम्बिनी प्रदेशको सुरक्षाको बारेमा छलफल गर्ने र १२ जिल्लाका जिल्लाको सुरक्षा स्थितिको बारेमा गहन ढङ्गले छलफल गर्ने र एउटा ठोस कार्य योजना बनाएर अगाडि बढ्ने उद्देश्यका साथ आज यो कार्यक्रमको आयोजना गरिएको छ । ”

मुख्यमन्त्री आचार्यले प्रदेशमा बढिरहेको अराजक गतिविधि र त्यसमा संलग्न समूहलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई गम्भीर भएर लाग्न आह्वान गरे ।

प्रदेशमा केही समूहहरूले सुरक्षाकर्मी तथा कर्मचारीहरूलाई तेजोवध गर्ने र आपराधिक गतिविधि गरिरहेकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीले भने “ती व्यक्तिहरू, त्यो अराजक समूह अहिले पनि छाती फुलाएर हिँडिरहेको छ ।

ती आपराधिक गतिविधिमा संलग्न हुने व्यक्तिहरूलाई अहिले पनि राज्यले कानुनी दायरामा ल्याउन सकिरहेको अवस्था छैन ।”

मुख्यमन्त्री आचार्यले सुरक्षाकर्मी र कर्मचारीमाथि तेजोवध गर्ने काममा उक्त समूह अहिले पनि लागिरहेको र प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएका सुरक्षा निकायका प्रमुखहरूले यो विषयमा गम्भीर भएर सोच्नुपर्ने अवस्था आएकोमा जोड दिए ।

मुख्यमन्त्री आचार्यले अराजक समूहले कर्मचारीमाथि र सुरक्षाकर्मीमाथि कसरी तेजोवध गर्ने भन्ने दुर्नियतका साथ योजनाबद्ध किसिमले अगाडि बढेको बताए । उनले यस्ता समूहलाई तत्काल नियन्त्रण गर्न आवश्यक रहेकोमा जोड दिए ।

उनले अझै पनि कारागारबाट फरार कैदी नियन्त्रणमा आई नसकेको र प्रहरीका लुटिएका हतियार पनि फिर्ता नभएको अवस्थामा हुने निर्वाचनमा शङ्का रहेको बताए ।
बैठकमा गृहमन्त्री ओम प्रकाश अर्यालसँगै, गृह सचिव रामेश्वर दंगाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग के.सी., लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्री, नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, नेपाली सेना मध्य पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी प्रेम बहादुर पुन, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले, गृह मन्त्रालय नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थी, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशका सचित्र लोक बहादुर सुनार, प्रदेश सुरक्षा निकायका पदाधिकारी, सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी, गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीहरूको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?