ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

तम्घासका अटो रिक्साको मनपरी भाडा, नियामक निकाय मौन

८ मंसिर २०८२, सोमबार
८ मंसिर २०८२, सोमबार

गुल्मी,८ मङ्सिर ।  

गुल्मीको सदरमुकाम तम्घासमा चल्ने अटो रिक्साको  मनपरी भाडा लिइरहेका छन् । अटो रिक्साको मनपरी भाडा चल्दा भाडामा एकरूपता देखिएको छैन ।

अटो रिक्साको नियमन गर्ने निकाय रेसुङ्गा नगरपालिकाले  व्यवस्थापनमा खासै चासो देखाएको पाइदैन् ।  तम्घासमा चल्ने अटो रिक्साहरूले मनपरी भाडा लिएको गुनासो आइरहेको समयमा  रेसुङ्गा नगरपालिकाले भाडादर निर्धारण गर्न सकेको छैन  यहाँ चल्ने तीन पाङग्रे अटोले बजारदेखि उपल्लो तम्घास मुख्य सडकसम्म  एक सय पचास रुपियाँसम्म भाडा असुल्ने गर्दा पनि सरोकारवाला निकाय मौन रहेको पाइएको हो ।

२०७५ साल कात्तिक २९ गते नगरपालिकाले तत्कालीन नगरप्रमुख डिल्लीराज भुसालको अध्यक्षतामा बैठक बसी नगरको भ्यालीभित्र ३० रुपियाँ, भ्याली बाहिर  कच्ची सडकमा प्रति किलोमिटर १५ र पक्की सडकमा प्रति किलोमिटर १० रुपियाँका दरले भाडा लिने गरी निर्णय भएको थियो ।

तर उक्त निर्णय कागजमा मात्रै सीमित रहेको पाइएको छ । त्यस पश्चात् उक्त निर्णयलाई परिमार्जन पनि गरिएको छैन भने कार्यान्वयनमा पनि आउन सकेको छैन ।

रेसुङ्गा नगरपालिका राजस्व शाखामा कार्यरत जमुना बस्नेतले तल बजारबाट देउरालीसम्म गएको एक सय पचास रुपियाँ आफूले पनि तिर्न बाध्य भएको बताएकी छिन् ।

तम्घासमा चल्ने अटो रक्सिाहरुले मनपरी भाडा असुल गर्दा पनि सरोकारवाला निकाय मौन बस्नु दुःखद पक्ष भएको यहाँका स्थानीयहरूले गुनासो गर्दै आएका छन् ।

नगरप्रमुख खिल ध्वज पन्थीले अटो रिक्साहरूलाई बोलाएर भाडा निर्धारण गर्ने बताए पनि उपलब्धि भने देखिएको छैन । सूचना प्रविधि अधिकृत सुरेश खनालले तत्काल बैठक बसी भाडा निर्धारण गर्ने गरी नगरप्रमुख लागेको बताएका छन् ।

नगरभित्र ४९ वटा अटो रिक्साहरू दर्ता भएका छन् भने ४२ वटा सञ्चालनमा रहेका छन् । बस्नेतका अनुसार यस आर्थिक वर्षमा १२ वटा मात्र नवीकरण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?