ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

रुपन्देहीमा थपिए २९ हजार बढी नयाँ मतदाता

८ मंसिर २०८२, सोमबार
८ मंसिर २०८२, सोमबार

भैरहवा, ०८ मङ्सिर  । 

रुपन्देही जिल्लामा पछिल्लो समयमा ठुलो सङ्ख्यामा नयाँ मतदाताहरूले नाम दर्ता गराएका छन् ।

प्रमुख निर्वाचन अधिकृत कल्पना अर्यालले दिएको जानकारी अनुसार, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला निर्वाचन कार्यालयको समन्वयमा यो सङ्ख्या थपिएको हो ।

असोज १० गते देखि मङ्सिरको ५ गते सम्म चलेको मतदाता नामावली सङ्कलनमा जिल्लामा २९ हजार ८ सय ४२ जना नयाँ मतदाताहरू थपिएका छन् ।

यस मध्ये राष्ट्रिय परिचयपत्रबाट १७ हजार ६ सय ३४ जना र निर्वाचन कार्यालय रुपन्देहीमै पुगेर १२ हजार २ सय ०८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको अर्यालले जानकारी दिइन ।

कार्यालयमै पुगेर दर्ता गराएका मध्ये पनि १० हजार ३ सय २२ जना रुपन्देही जिल्लाकै र १ हजार ८ सय ८६ जना अन्य जिल्लाका मतदाताको नाम सङ्कलन गरिएको थियो ।

सरकारले फागुन २१ गते प्रतिनिधि सभाको लागि निर्वाचन तोके पनि विशेष कानुन ल्याउँदै मतदाता नामावली सक लन गरेको थियो । सुरुमा सेवाग्राहीले आफै अनलाइन फारम भरि उक्त फारम प्रिन्ट गरेर नजिकको कार्यालयमै पुगेर बायोमेट्रिक गराउनु परेको थियो ।

कार्तिक २७ गते देखि सरकारले राष्ट्रिय परिचय पत्रमै उल्लेख भएको तथ्याङ्क प्रयोग गरी मतदाता नामावली सङ्कलन सुरु गरेपछि मतदाता नामावलीमा दर्ता गराउनेको सङ्ख्या उल्लेख्य वृद्धि भएको थियो ।

असोज १० गते अघि रुपन्देहीमा महिला ३ लाख १३ हजार ६०७, पुरुष ३ लाख ३० हजार ७४१ र अन्य ८ जना गरी कुल कुल ६ लाख ४४ हजार ३ सय ५६ मतदाता थिए । अहिले मतदाता नामावली सङ्कलन कार्य अद्यावधिक गर्ने काम गर्ने भइरहेकोले रुपन्देही जिल्लामा हालको मतदाता सङ्ख्या आउन केही समय लाग्न सक्ने अर्यालको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीको सूचना अधिकारी कल्पना शर्माका अनुसार अहिले सङ्कलन भएका मतदाता नामावलीको त्रुटि सच्याउने, रुजु गर्ने, राष्ट्रिय परिचयपत्र मार्फत दर्ता हुन आएका मतदाताहरूको रिक्वेष्टलाई एप्रुभ गर्ने, नामावली संशोधन लगायतका काम भइरहेको छ ।

शर्माले भनिन् “३–४ दिनमै यो काम सकिन्छ, अनि हामीले अनुसूची ६ र अनुसूची २ मा काम गरे ठाउँ सार्नुपर्ने भए ठाउँ सार्ने लगायत संशोधनका कामहरू सकिएपछि अद्यावधिकको काम हुन्छ ।”

निर्वाचन आयोगले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

आयोगको मिति २०८२ कार्तिक ३० गतेको बैठकबाट भएको निर्णय अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार मिति २०८२ माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ ।

सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

यसै गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मिति २०८२/०८/२० गतेदेखि सञ्चालन हुनेछ । सो कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्नुपर्नेछ, मङ्सिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने, पौष १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्ने र माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?