© २०२३
गुल्मी, ७ मंसिर ।
गुल्मी र पाल्पाको संगम स्थल रिडीमा रहेको ऋषिकेश मन्दिरलाई थप उज्यालो बनाउनका लागि हेलुजन लाइट प्रदान गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका सूचना अधिकारी भरत पोखरेलका अनुसार मन्दिरलाई थप उज्यालो बनाउनका लागि हेलुजन लाइट, बल्वहरु र तार प्रदान गरिएको होे । मन्दिरलाई हेलुजन लाइटका साथै बल्व र तार प्रदान गर्दा थप उज्यालो हुनुका साथै मेला पर्वहरुमा दर्शनार्थीहरुलाई थप सहजता हुने भएकाले उक्त सामग्रीहरु प्रदान गरेको उनले बताए । यस्ता कार्यहरु गर्नु आफूहरुको सामाजिक उत्तरदायीत्व कार्यक्रम पनि भएको उनको भनाइ छ ।
मन्दिरका लागि थप प्राविधिक सहयोग आवश्यक परेमा वितरण केन्द्र गुल्मीको रिडी शाखाबाट प्रदान गर्नेगरि ब्यबस्था मिलाइएको हो ।
मन्दिरका पुजारी चुरामणी तिमिल्सिनाले वितरण केन्द्रले प्रदान गरेको सामग्रीहरुले मन्दिरलाई थप उज्यालो बनाउनुका साथै दर्शनार्थीहरुका लागि दर्शन गर्नका लागि थप सहज हुने बताए ।
रिडीमा यहि मंसिर ९ गते खुल्ला भजन प्रतियोगिता र दोहोरो शङ्ख फुक्ने प्रतियोगितासमेत आयोजना गरिएको तिमिल्सिनाले बताए । यसका साथै दैनिक पुजापाठ,चौरासी पुजालगायतका कार्यहरु निरन्तर रहने मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।