© २०२३
भैरहवा, ६ मंसिर ।
लुम्बिनी होटल संघ नेपालको चौथो अधिवेशनले लीलामणि शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।
निर्वाचन अधिकृत प्रख्यात बन्जाडेका अनुसार चौथो अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा लीलामणि शर्मा, वरिष्ठ उपाध्यक्ष शेखर कार्की, उपाध्यक्ष भुपेन्द्र गुरुङ, महासचिव टिका कुमारी कट्टेल, सचिव एकराज कण्डेल, कोषाध्यक्ष दिपक पंगेनी, सह-कोषाध्यक्ष धिरज भण्डारी रहेका छन । यसै गरि नयाँ कार्यसमितिको सदस्य पदमा पद्मा काफ्ले, प्रजुल कार्की क्षेत्री, दिपेन्द्र लाल बनियाँ, आशोक कुमार गुप्ता, किशोर यादव, अनिल कुमार गुप्ता, रोजन शाक्य, र जनक बहादुर सोमई मगर निर्विरोध निर्वाचित भएका छन ।
नवनिर्वाचित अध्यक्ष लीलामणि शर्माले लुम्बिनीको पर्यटन विकास र होटल व्यवसायीहरूको हकहितका लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सम्पूर्ण व्यवसायीलाई एकजुट भई पर्यटन क्षेत्रलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन आह्वान समेत गरेका छन ।
नयाँ कार्यसमितिले लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न, होटलहरूको सेवा गुणस्तर सुधार गर्न र पर्यटकहरूको बसाइ लम्ब्याउनका लागि आवश्यक पहल गर्ने अपेक्षा गरिएको छ ।