ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

प्रदेश लोकसेवा आयोग तीन महिनादेखि अध्यक्षविहीन, पदपूर्तिमा सरकारको बेवास्ता

४ मंसिर २०८२, बिहीबार
४ मंसिर २०८२, बिहीबार
बुटवल, ४ मंसिर ।

लुम्बिनी प्रदेश लोक सेवा आयोग तीन महिनादेखि अध्यक्षविहीन बनेपछि आयोगका सबै निर्णय प्रक्रिया प्रभावित बनेका छन्। तत्कालीन अध्यक्ष डिलाराम भट्टराईको कार्यकाल २०८२ साउन २३ गते समाप्त भएको तीन महिना बितिसक्दा पनि नयाँ अध्यक्ष नियुक्त नहुँदा आयोगबाट खुल्ने भनिएका विज्ञापनसमेत ढिलाइ भइरहेको छ। यसअघि आयोगमा डिलाराम भट्टराई अध्यक्ष, बाबुराम गौतम सदस्य र डिम्पल गुरुङ सदस्य गरी तीन जनाको पदाधिकारी समिति कार्यरत थियो।

अध्यक्ष नहुँदा निर्णय गर्ने अधिकारप्राप्त पदाधिकारीको अभाव भएको आयोगका कार्यवाहक अध्यक्ष डिम्पल गुरुङले बताइन्। उनका अनुसार आयोगमा एकल निर्णय मान्य नहुने प्रावधान भएकाले एउटा पदाधिकारीले मात्र काम गर्न कठिन भइरहेको छ। “सरकारलाई पटक–पटक पदाधिकारी पठाइदिन आग्रह गरेका छौँ। पदाधिकारी भएमा समयमै विज्ञापन निकाल्न सकिन्थ्यो,” उनले भनिन्।

आयोगका उपसचिव तथा प्रवक्ता राजेन्द्र प्रसाद पन्थीका अनुसार प्रदेशका आवश्यकता अनुसार अधिकृत तह (७, ८, ९, ११) का पदका लागि मंसिरको अन्तिम शुक्रबारसम्म विज्ञापन प्रकाशित गर्ने तयारि गरेको बताए । तर अध्यक्ष नहुँदा आयोगभित्र आवश्यक निर्णय प्रक्रिया रोकिएको छ। पन्थीले भने आयोगले अदालतमा विचाराधीन मुद्दाबाहेक अघिल्लो बर्षका सबै नतिजा प्रकाशन गरिसकेको र चालु आर्थिक वर्षका लागि मंसिरदेखि पदपूर्ति सुरु गर्ने गरी बार्षिक कार्यतालिका समेत तयार पारिएको छ।

१६ भन्दा बढी मुद्दा अझै अदालतमा विचाराधीन

प्रदेश लोक सेवा आयोगसँग जोडिएका १६ मुद्दा अहिले पनि अदालतमा विचाराधीन छन्। सातौं तहसम्बन्धी २०७७ सालमा परेको रिट आदालताले खारेज भइसके तर पूर्ण पाठ नआएको प्रवक्ता पन्थीले बताए सातौं तहलाई अधिकृत स्तर मान्ने कि छैटौंबाट बढुवा दिने भन्ने विषयमा विवाद कायम छ। प्रदेशको ऐन नहुदै संघबाट आएका छैटौं तहका कर्मचारीहरूले आफ्नो वृद्धि विकास सुनिश्चित गर्नुपर्ने दाबी गर्दै अदालतमा मुद्दा दिएको पन्थीले बताए ।

अध्यक्ष तथा सदस्य सिफारिस गर्ने समितिको संयोजक प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य हुने कानुनी व्यवस्था छ। समितिमा सभामुख र विपक्षी दलका नेता सदस्य रहने प्रावधान छ। मुख्यमन्त्री आचार्यले पदपूर्तिसम्बन्धी छलफल मंसिरको पहिलो हप्तासम्म टुंग्याइने बताए। उनले चाडपर्व र ‘जेनजी आन्दोलन’ का कारण केही ढिलाइ भएको पनि उल्लेख गरे। तर सभामुख घर्ती भने पदरिक्तको बिषय थाहाँ भएपनि र आफूलाई पदपूर्तिको बिषयमा कुनै जानकारी नभएको बताए।

प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोगमा १ अध्यक्ष र २ सदस्य गरी ३ पदाधिकारी रहने व्यवस्था छ। सबै पदाधिकारीको कार्यकाल ६ वर्ष हुन्छ। सिफारिस समितिको सिफारिसमा प्रदेश प्रमुखले अध्यक्ष तथा सदस्य नियुक्त गर्ने कानुनी व्यवस्था छ।

अध्यक्षविहीनताका कारण विज्ञापन खुल्न ढिलाइ भएको छ, जसका कारण प्रदेशमा जनशक्ति अभाव झनै गम्भीर बन्दै गएको प्रदेश लोकसेवा आयोगले जनाएको छ। धेरै कामकाज ढिलासुस्ती हुँदै आएका छन् भने कतिपय मन्त्रालय त कर्मचारीविहीनजस्तै अवस्थामा पुगेका छन्। एकै जना कर्मचारीले दुई–दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यात्मक स्थिति समेत सिर्जना भएको छ।

पदाधिकारी पदपूर्ति प्रक्रियामा सरकाले ढिलाई गरेको कारण प्रदेशको सेवा प्रवाह प्रभावित बनेको बताउँदै आयोगका पदाधिकारि र कर्मचारीले छिटो पदाधिकारी नियुक्ति गरी विज्ञापन प्रक्रिया अघि बढाउन प्रदेश सरकारसमक्ष आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?