Butwal Today

चन्द्रकोटमा आज सार्वजनिक बिदा

३ मंसिर २०८२, बुधबार
अ+
अ-

गुल्मी, ३ मंसिर  ।

चन्द्रकोट गाउँपालिकाले बुधबार (आज) सार्वजनिक  बिदा दिएको छ ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीका अनुसार बुधबार बालाचतुर्दशी तथा सतबीज छर्ने पर्वका अवसरमा स्थानीय बिदा दिएको बताए । यस पर्वको अवसरमा चक्रेश्वर मेलालाई थप प्रवद्र्धन गर्ने उद्देश्यले बिदा दिएको उनको भनाइ छ ।

बुधबार गाउँ कार्यपालिका , वडा कार्यालयहरू, पालिका मातहतका स्वास्थ्य संस्था तथा विद्यालयहरू र सङ्घ संस्थाहरू बन्द रहने गाउँपालिकाले जनाएको छ ।
विगतका वर्षहरुदेखिनै चक्रेश्वरमा यस  पर्वको अवसरमा विभिन्न खेलकुद, सांस्कृतिक कार्यक्रम तथा स्थानीय झाँकीहरू प्रस्तुत हुनुका साथै मेला लाग्ने गर्दछ ।

मेला अवलोकनका लागि गुल्मीसहित छिमेकी जिल्ला बाग्लुङसम्मका आउने गरेका छन् ।