ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

विश्व मधुमेह दिवस: मधुमेह बारे जानौँ 

२८ कार्तिक २०८२, शुक्रबार
२८ कार्तिक २०८२, शुक्रबार

मानव शरीरमा इन्सुलिन हर्मोनको उत्पादन रगतमा प्राप्त नहुनु वा इन्सुलिन प्राप्त हुँदा पनि काम गर्न छोड्नु जसले गर्दा शरीरमा भएको रगतमा चिनीको मात्रा अत्यधिक बढेर जानु वा रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी हुने अवस्थालाई मधुमेह, डायबिटिज वा चिनी रोग भनिन्छ ।

रगतमा चिनीको मात्रा खाली पेटमा १०० भन्दा तल र खाना खाएपछि १४० भन्दा माथि हुनुपर्दछ ।

यदि भोको पेटमा वा खाली पेटमा जाँच गर्दा सुगर लेभल १२६ भन्दामाथि भयो भने र खाना खाएको दुई घण्टापछि सुगर लेभल जाँच गर्दा २०० भन्दा माथि भएमा उक्त अवस्थालाई डायबिटिज, मधुमेह वा चिनिरोग भनिन्छ ।

कारण वा प्रकारहरू:

१. टाइप वान डायबिटिज:
प्याङक्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबिटिजलाई टाइप वान डायबिटिज भनिन्छ ।

यो बिशेषगरी बालबालिकाहरूमा देखिन्छ । यसको एक मात्र उपचार इन्सुलिन दिनु हो । यो बिशेषगरी वंशाणुगत र वातावरणीय कारणबाट हुने गर्दछ ।

२. टाइप टु डायबिटिज: प्याङक्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई शरीरले सही प्रयोग नगर्दा यो डायबिटिज हुन्छ ।

शरीरमा आवश्यक सुगरको सही सन्तुलन नहुँदा हुने गर्दछ । यसको मुख्य कारण मोटोपना हो । अर्को कारण तनाव, स्ट्रेस, उच्च रक्त चाप भएका कोलेस्ट्रोल बढी हुँदा वंशाणुगत कारण खानपान र लाइफस्टाईल जिन र विभिन्न कारणले शरीरमा भएको इन्सुलिनले काम नगरेमा टाइप टु डायबिटिज हुन्छ ।

 लक्षण तथा चिन्हहरू: 
धेरै तिर्खा लाग्ने, मुख सुख्खा हुने, मानिस दुब्लाउँदै, जाने तौल घट्ने, कमजोरी महसुस हुनु वा आलस्य हुने, चिडचिडाहटपन हुने, थकावट महसुस हुने, यौन दुर्बलता हुने, धेरै पटक पिसाब लाग्ने, (पोलियुरीया), धेरै भोक लाग्ने (पोलिफेइजिया), खुट्टामा घाउ हुने, काटेको घाउहरू ढिलो निको हुने, आँखा धमिलो देख्ने, दृष्टिमा समस्या हुने, टाउको दुख्ने, छाला चिलाउने, कतिपय पेटको समस्या लिएर आएकाहरूमा पनि परीक्षण गर्दा सुगर देखिन सक्छ ।

कसैको आँखाको ज्योति गुमेको हुन्छ र परीक्षण गर्दा सुगर देखिन्छ । कतिपयलाई ह्रद घात र प्यारालाइसिस भएपछि बल्ल जाँच गर्दा सुगर भएको थाहा हुन सक्दछ ।

मधुमेह भएका व्यक्तिलाई इम्युनोकम्प्रमाईज अर्थात् रोग सँगै लड्ने क्षमता हुँदैन कमजोरी हुँदै जान्छ । मधुमेहका विशेष लक्षण नभए पनि अन्य लक्षणहरूले पनि यो रोग लागेको जनाउँदिन सक्दछ ।

जटिलताहरू: 
सबै प्रकारका मधुमेहले लामो अवधिको जटिलता हुने गर्दछ ।

साधरणतया यस्ता जटिलताहरू धेरै वर्षपछि (१०–२० वर्ष) विकसित हुने गर्छन् तर रोग लागेर पनि समयमै पहिचान हुन नसके रोगीमा जटिलता नै पहिलो लक्षणको रूपमा देखा पर्दछ ।

यसमा पछिसम्म हुने जटिलता रक्तनलिहरूको क्षतिसँग सम्बन्धित हुन्छ । मधुमेहले मुटु तथा रक्त नलिका रोगहरू लाग्ने जोखिमतालाई दुई गुणा बढाउँछ । यो रोगबाट हुने ७५ प्रतिशत मृत्यु कोरोनरी आर्टरी डिजिजका कारणले हुन्छ ।

रोकथामका उपाय: 
मधुमेह लागिसकेपछि उपचारबाट निर्मूल पार्न सम्भव छैन ।

त्यसैले रोगीको आयु बढाउने वा रोगको व्यवस्थापन गर्ने विकल्प बाँकी रहन्छ । मधुमेह रोगको व्यवस्थापन भनेकै रगतमा भएको चिनीको मात्रा घटाउनु हो । रक्त कोषको क्षति पुराउने अन्य तत्त्वको निवारण गर्नु हो ।

जसको लागी निम्न उपाय अपनाउन सकिन्छ । जस्तै सन्तुलित र नियमित भोजन लिने, बढी चिल्लो युक्त खाद्य पदार्थको सेवन नगर्ने, धूम्रपान र मद्यपान नगर्ने र यसबाट टाढा रहने, खानामा कार्बोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने, रक्तचाप नियन्त्रण गर्ने, तौल घटाउने, मोटोपन घटाउने, चिनीयुक्त गुलिया खाद्य पदार्थ वा पेय पदार्थको सेवन नगर्ने, नियमित व्यायाम गर्ने ।

दिनमा आधा घण्टाका दरले कम्तीमा पनि हप्तामा पाँच दिन अनिवार्य हिँड्ने । पिर चिन्ता, तनाव, स्ट्रेस कहिले नलिने, नियमित स्वास्थ्य जाँच गराउने, स्वास्थ्यकर्मीसँग प्रत्यक्ष सम्पर्कमा रहने, इन्सुलिनको मात्रा यथावत् राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पताल जाने डाक्टर वा विशेषज्ञलाई भेटेर औषधी लिने, आवश्यकता अनुसार थप उपचार गर्ने र खोपमार्फत नियमित इन्सुलिन लिने ।

बिरामी आफै सचेत भई ‘म जोगाउँछु मेरो स्वास्थ्य’ भन्ने भनाइलाई व्यवहारमा लागू गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?